विश्वकै धनाड्य एलन मस्कलाई आफ्नै छोरीले पनि धोका दिएपछि…

काठमाडौँ :

संसारकै धनाढ्य एलन मस्क पछिल्ला दिनमा पत्नि र प्रेमीकाका कारण विबादमा आइरहेका छन् । उनी पारिवारिक विचलनका कारण मसाचारका हेडलाइन बनिरहेका छन् विश्वभर ।

पत्निको लफडा त आफ्ना ठाउँमा थियो तर अहिले आएर उनकी छोरीले पनि बाबुसँग कुनै नाता नजोड्नेु भन्दै अदालतमा दिइन् निवेदन दिएकी छिन् । एलनकी छोरी जेभियर अलेक्जेन्डर मस्कले बुवा एलन मस्कको नामबाट पहिचान नबनाउने भन्दै आफ्नो लैंगिक पहिचान, नाम९थर बदल्न चाहेको र चर्चित तथा धनाढ्य बुबासँग कुनै पनि हिसाबले नाता जोड्न नचाहेको उल्लेख गरेकी छिन् ।

। १८ वर्षीया जेभियर अलेक्जेन्डर मस्कले आफ्नी आमा जस्टिन विल्सनबाट विल्सन थर लिएकी हुन्। उनले आफ्नो नाम भिभियान जेना विल्सन राख्न चाहेको बताएकी छन्।

सन् २००० मा क्यानडाकी नागरिक जस्टिनसँग एलनले बिहे गरेका थिए। सन् २००८ मा उनीहरूले सम्बन्ध विच्छेद गरेका हुन्। एलनका सात सन्तानमध्ये पाँच जना जस्टिनका हुन्। तिनै पाँचमध्ये जेभियर एक हुन्।

करिब दुई खर्ब १४ अर्ब डलर सम्पत्तिको मालिक हुँदा पनि एलन खुशी हुन नसकेको र पारिवारिक विचलन बढ्दै गएका बेला छोरीले चालेको पछिल्लो कदमले उनी थप तनावमा आएका छन् ।

पछिल्लो समय उनी सामाजिक सञ्जाल ट्विटर किनेर चर्चामा आएका उनी अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्ला र अन्तरिक्षसम्बन्धी काम गर्ने स्पेस९एक्सका सिइओ एलन अहिले संसारकै धनाढ्य हुन्। उनकी छोरी जेभियरले अदालतमा दिएको निवेदनको सुनुवाइ यही शुक्रबार हुँदैछ ।