रविको नयाँ पार्टीः यस्तो छ बालेनको भूमिका !

काठमाडौं । अहिले चर्चित सञ्चारकर्मी रवि लामिछानेले खोलेको नयाँ पार्टीको बजारमा व्यापक चर्चा छ । अधिकांशले रविको नयाँ पार्टीको आलोचना गरिरहेका हुन् । आखिर बालेनले यही समयमा राजनीतिमा किन हाम फाले भन्ने चासो व्यक्त भइरहेको छ ।

बालेनको जबर्जस्त उदय भएपछि संसदीय चुनाव लड्नेको लहर नै चलेको छ । । रविले पनि नयाँ पार्टी खोल्नुमा बालेनको उदयले नै मेनरोल खेलेको विश्लेषण हुन

थालेको छ । बालेनले स्थानिय तहको निर्वाचनमा उम्मेदवारी प्रस्तुत गरेर मैदानमा होमिएका बेला रविले आफ्नो टेलिभिजनबाट सक्दो साथ दिएका थिए । आँटे सकिन्छ भन्ने राम्रो उदाहरण बालेनले देखाएपछि अहिले प्रतिनिधीसभाको निर्वाचनमा स्वतन्त्र उमेदवारीको लहर नै चलेको छ । बालेनले कोरेको झिल्कोको प्रभाव नै यो भएको भन्न सकिन्छ । रविहरु पनी यहि पदचापलाई पच्छाइरहेका छन् ।

रवि लामिछानेले पार्टी घोषणा गरेपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले अहिले सम्म केहि प्रतिक्रिया भने दिएका छैनन् । रविले प्रतिनिधीसभाको निर्वाचनमा स्वतन्त्र उमेदवारी दिएको भए राम्रो हुने थियो भन्ने बालेनको भित्री चाहना रहको उनका निकटस्थहरु बताउँछन् । यद्यपी रविको कदमलाई उनले सकारात्मक रुपले लिएको खबर छ ।

समानुपातिक मतलाई लक्षित गरेर पार्टी घोषणा गरिएको भए पनि सबै क्षेत्रका स्वतन्त्र उमेदवारहरुलाई समेटेर लैजाने पक्षमा आाफु रहेको घोषणा रविले गरिसेकेका छन् । भ्रष्टाचारीको घण्टी बजाउँछु भन्दै घण्टी चुनाव चिन्ह प्रस्ताव गरेर राजनितीको मैदानमा होमिएका रविले सबै स्वतन्त्रहरुलाई पनि घण्टी भित्रै गोलबद्ध हुन पनि आव्हान गरेका छन् ।

स्थानिय तहको निर्वाचनमा लौरोले गरेको कमाल प्रतिनिधीसभाको निर्वाचनमा घण्टीले गर्नेहोकी भन्ने चर्चा पनि चलेको छ। पार्टी घोषणा कार्यक्रममा रविले एक जनालाई संसद छिर्नबाट आफुले रोक्ने भन्दै १६५ क्षेत्रमै त्यो तागत लिएर तयार हुन आव्हान गरेका छन् । घण्टीको परिक्षा अब सुरु भएको छ ।

बालेनले कोरेको झिल्कोले सुरूवातमा आम मानिसहरूलाई केही असर पार्दैन । पारे पनि सकरात्मक असर पार्न सक्ने प्रबल सम्भावना देखिन्छ । नकारात्मक नै असर पारे पनि पछि पार्ला, तर त्यो झिल्को डढेलो बन्यो भने त्यसले सबैभन्दा पहिला सखाप पार्ने राजनतिक दलहरूलाई नै हो ।

बालेन्द्रहरूको जितले एकातिर वैकल्पिक शक्तिको खोजी गरिरहेको वर्गका मतलाई संस्थागत गरिदिएको छ भने अर्कातिर चुनावलाई सुलभ बनाइदिएर युवा वर्गमा आँट भरिदिएको छ, लहर पैदा गरिदिएको छ ।

आगामी संघीय चुनावमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरू नयाँ ‘बालेन्द्र’ को रूपमा स्थापित हुन सक्लान् वा नसक्लान् त्यो समयले बताउनेछ । तर, हाल जुर्मुराएका युवा जमातको जोश, जाँगर र आँटको सम्मान गर्दै राजनीतिक दलहरूले गतिलो पाठ सिक्नुपर्ने आजको गहनतम आवश्यकताको रूपमा देखापरेको छ ।