एमालेले भन्योः रवि लामिछाने राजनीतिका लागि अयोग्य

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निश्चित व्यावसाय र पेसामा सफल हुनु वा चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु नभएको टिप्पणी गरेका छन् ।

रवि लामिछानेले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को घोषणा गरेसँगै यसै प्रसङ्गलाई लक्षित गर्दै महासचिव पोखरेलले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

लामिछानेप्रति लक्षित गर्दै पोखरेलले राजनीतमा योग्य हुन त्यसमै निष्ठापूर्वक समर्पित हुनु आवश्यक रहेको पनि उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनी लेख्छन्९‘निश्चित पेशा वा व्यवसायमा सफल वा चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन । राजनीतिमा योग्य हुन त्यसमै समर्पित हुनु पर्दछ ।’

चर्चित पत्रकार रवि लामिछाने राजनीतिमा प्रवेश गरेसँगै उनले घोषणा गरेको पार्टी र सिद्धान्तलाई लिएर विभिन्न राजनीतिक दलका नेताहरुले टिकाटिप्पणी गरिरहेका छन् ।

रविले मंगलबार मात्र नयाँ पार्टी दर्ताका लागि निवेदन दिँदै आफू पूर्णरूपमा राजनीतिमा आएको घोषणा गरेका थिए ।