रविको पहिलो प्रस्ताव नै अस्वीकृत

काठमाडौं । पत्रकारिता क्षेत्र छाडेर राजनीतिमा होमिएका रवि लामिछानेलाई धक्का लागेको छ । उनको पहिलो प्रस्तावमै धक्का लागेको हो । रविको पार्टीको प्रस्तावित चुनाव चिह्न अर्कैको हुने भएको हो ।

रविले राष्ट्रिय स्वतन्त्र पार्टी घोषण गरेका छन् । चुनाव चिन्ह ‘घण्टी’ प्रस्ताव गरेर निर्वाचन आयोगमा दर्ता गर्न जाने उनले बताएका छन् । तर, पार्टी घोषणा गर्न नपाउँदै उनले चुनाव चिन्ह ‘घण्टी’ नपाउने भएका छन् । सो चिन्ह ‘राष्ट्रवादी दल’ले लिइसकेको खुलेको छ ।

लामिछानेले घोषणा गरेको नयाँ पार्टी ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ले प्रस्ताव गरेको चुनाव चिन्ह ‘घण्टी’ अरू नै राजनीतिक दलले लिइसकेको भेटिएको हो । लामिछानेले चुनाव चिन्ह ‘घण्टी’ प्रस्ताव गरेर निर्वाचन आयोगमा दर्ता गर्न जाने बताए पनि सो चिन्ह ‘राष्ट्रवादी दल’ले लिइसकेको छ।

मंगलबार मात्र राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका लामिछानेले पार्टीको चुनाव चिन्ह सार्वजनिक गरेका हुन्। उनले यसलाई सुशासनको घण्टी बताउँदै यसले भ्रष्टाचारीहरूको मनमा घण्टी बजाउने जिकिरसमेत गरेका छन्।

तर ‘घण्टी’ चुनाव चिन्ह २०७३ मंसीर ३० गते निर्वाचन आयोगमा दर्ता भएको दल ‘ राष्ट्रवादी’ पार्टीले लिइसकेको छ। नारायण गोपालमार्ग काठमाडौंमा कार्यालय रहेको सो दलका केन्द्रीय संयोजक सहजाद मियाँ भिकरानी हुन्।