बालेनले किन लाइभ गरेनन् आइतबारको कार्यपालिका बैठक ? कारण थापा पाएपछि वडाध्यक्षनै चकित

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नगर कार्यपालिकाको सबै बैठक लाइभ गर्ने घोषणा गरेका थिए । त्यस अनुसार दुईवटा कार्यपालिका बैठक लाइभ गरिएको पनि थियो । तर आइतबारको कार्यपालिका बैठक भने लाइभ भएन ।

कार्यपालिका वैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै गर्दा ७ नम्बर वडाध्यक्ष विमल कुमार होडाले विरोध जनाए । एकछिन चर्को स्वरमा बोलेपछि एकछिन बैठकस्थलमा मौनता छाएको एक कार्यपालिका सदस्यले बताए ।

होडाले ‘हिजो अस्ति चाहिँ लाइभ गर्ने, आज चाहिँ लाइभ किन नगर्ने ? तपाईँको इच्छा अनुसार हुन्छ लाइभ पनि ?’ भनी प्रश्न गरेका थिए ।

अरु वडाध्यक्षले पनि होडालाई समर्थन गरेपछि बालेनले सबै बैठक लाइभ गर्न नमिल्ने बताएका थिए । एक वडाध्यक्षका अनुसार बालेनले नीति तथा कार्यक्रममा महानगरभित्रका करको दायरा, अन्य विषयहरु हुने भएकोले सबै देखाउन नमिल्ने तर्क गरेका थिए ।

वडाध्यक्षहरुले आफ्नो इच्छा अनुसार मात्र लाइभ गर्ने भन्दै विरोध जनाए । ‘उहाँले आफ्नो इच्छा अनुसार लाइभ गर्ने र नगर्ने हुन्छ त ? आफूलाई अफ्ठयारो पर्ने विषय चाहिँ लाइभ नगर्ने यो कुराको हामीले विरोध गरेका हौं’ एक वडाध्यक्षले भने ।

काठमाडौं महानगरपालिका १२ नम्बरका वडाध्यक्ष बालकृष्ण महर्जनले नगर कार्यपालिका बैठकमा सामान्य विवाद मात्रै भएको बताए । उनले भने, ‘वडाध्यक्षहरुले प्रस्ताव गरेपछि मेयरसाबले नीति तथा कार्यक्रम नल्याई छलफल नगरौं भनेपछि फोटोकपी भएर आउन समय लाग्छ भनेर वडाध्यक्षहरुले फेरि आफैंले प्रस्ताव गरेका हुन् । लाइभको विषयमा पनि ठुलो विवाद चाहिँ होइन । फेरि ८ गते कार्यपालिका बैठक बस्दैछ ।’

बैठक लाइभ नभएपछि वडाध्यक्षले मनपरी गरेका छन् । आइतबार भएको नगरसभा अघि कार्यपालिका बैठकमा विरोध मात्र गरेर होहल्ला गरेपछि बालेनले टेबुल ठोक्न् परेको थियो ।

कार्यपालिका सदस्यलाई नीति तथा कार्यक्रमबारे जानकारी नै नदिइ छलफल सुरु गरेपछि वडाध्यक्षहरुले प्रश्न गरेका थिए । तर बालेनले ‘अहिले फ्ल्यास गर्न मिल्दैन’ भनेपछि वडाध्यक्षहरुले आपत्ति जनाएका एक कार्यपालिका सदस्यले बताए ।

‘नीति तथा कार्यक्रमको कपी नदिने भनेपछि वडाध्यक्षहरुले चर्को विरोध गरेका थिए । एकछिन होहल्ला भएपछि मेयरसाबले टेबल ठोक्नुभयो’, ती कार्यपालिका सदस्यले भने । वडाध्यक्षहरुको विरोधपछि आक्रोशित बनेका बालेनले टेबल ठोक्दै ‘ल अब म नीति कार्यक्रम प्रिन्ट गरेर ल्याएर दिन्छु, प्रिन्ट नआएसम्म कार्यपालिका चलाउँदिन । तपाईँहरुले त्यही चाहिएको होइन ?’ भनेका थिए । यति भनेर ५ मिनेटसम्म कसैसँग कुरा नगरेको ती कार्यपालिका सदस्यले बताए ।

वडा नम्बर ८ का वडाध्यक्ष आशामान संगतले शान्त रहेर कार्यपालिका सञ्चालन गर्न मेयर बालेनलाई आग्रह गरेका थिए । अरु वडाध्यक्षहरुले पनि ‘नीति तथा कार्यक्रमहरु प्रिन्ट गरेर आउँदै गर्छ त्यतिबेलासम्म कार्यपालिका वैठक चलाएर छलफल सुरु गरौं’ भन्दा बालेन मानेका थिएनन् ।

‘उहाँले ५ मिनेट जति नीति कार्यक्रम हातहातमा दिएपछि मात्रै कार्यपालिका चलाउँछु भनेर घुर्की लगाउनु भयो । वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरुले छलफल गरौं रिसाउन हुन्न भन्दा मान्नुभएन । त्यसपछि केही वडाध्यक्षले ‘रिसाएर कहिँ पुगिँदैन, हामीलाई पनि रिसाउन आउँछ नि, तपाईँलाई फकाएर बस्नुपर्ने ?’ भनेपछि छलफल सुरु भएको थियो’ बैठकमा सहभागी एक वडाध्यक्षले सुनाए ।

हाम्रो टिम

प्रधान सम्पादक

- टिका अधिकारी

फोटो/भिडियो

- टिका अधिकारी (युके)

लेखक

-विजय थापा (अमेरिका)
-दीपशिखा शर्मा (काठमाडौँ)

संवाददाता

-बिजय डंगोल (स्कटल्याण्ड)

मनोरंजन/लोक दोहरी

- निलमनी भण्डारी

Contact US

NEPAL ADDRESS

ScotNepal Media House Pvt Ltd

Registered No : 191390/74/075

3 Anam Nagar, Kathmandu

+9779841309833

admin@scotnepal.com

Follow Us