४ भाइ छोरा छन् तर आमा-बाउको यस्तो बि’ जोग भन्छन् रे “बा को मुख देखे साइत बिग्रन्छ !” ( भिडियो सहित)

पिता–पुत्रको पौराणिक सम्बन्धका लागि रामायण, महाभारत, श्रवणकुमारले मातापिताका लागि गरेको त्याग समर्पण र कर्तव्यलाई बुझ्न जरुरी छ ।

तर अहिले समय फेरिएको छ । आफ्ना सन्तानलाई माया प्रेम, समभाव, आदर्श, शिक्षा दिने बुवाहरु घटेका छन् भने आफ्ना बुवा आमाको सेवा भन्दा धन सम्पत्तिमा रुची राख्ने सन्ताहरु बढिरहेका छन् ।

सन्तानका आदर्श पात्रको रुपमा रहने मातापितालाई अवहेलना गर्ने र उनीहरुको अवमूल्यन गर्ने सन्तानका कारण पारिवारिक समस्या बढ्दै गएका छन् । पिता पुत्रका सम्बन्धमा बढ्दै गएका दरारका कारण पारिवारिक स्नेहमा समेत कमी आउँदैछ ।

पछिल्लो समय संयुक्त पारिवारिक संरचनामा स,मस्या बढिरहेको छ । जन्मदिने आमाबुवालाई बृ,द्धाश्रममा राखेर आफ्ना सन्तानबाट भविष्यमा आफूलाई राम्रो गर्ने अपेक्षा गर्ने नयाँ र आधुनिक पुस्ताको संख्यामा समेत बढोत्तरी भइरहेको छ ।

पिता–पुत्र सम्बन्धमा दरार आउनुमा वास्तुविज्ञानको समेत दोष रहने बास्तुशास्त्रीहरुको तर्क रहेको छ । तर आमाबुवासँगको छोराछोरीको सम्बन्धमा स,मस्या आउनुमा वास्तुशास्त्र भन्दाबढी संस्कार, व्यवहार, माया, स्नेहको प्रभाव हुन्छ ।

आमाबुवासँग छोराछोरीको सम्बन्ध विचारको डिरोले बाँधिएको सम्बन्ध हो । एक अर्काबीच विचार नमिल्दा उक्त डोरी कमजोर हुँदै जान्छ र अन्ततः यस्तो स्थिति बन्छ कि अनमोल सम्बन्ध शत्रुवत अवस्थामा पुग्छ ।

पारिवारिक कलह बढ्नुमा वा स,मस्या उत्पन्न हुनुमा विशेष गरेर बुवा छोराको सम्बन्ध कारक बन्ने गरेको छ । छोरीहरु विवाह गरेर अरुकै घरमा जाने हाम्रो संस्कार संस्कृति र परम्परा भएपछि आमाबुवाले छोरा बुहारीबाट अपेक्षा गर्नु अस्वभाविक पनि होइन ।

आमाबुवाले सन्तान(छोरा)बाट राख्ने अपेक्षा र छोराले आमाबुवामाथि गर्ने व्यवहारले पारिवारिक तनावको व्यवस्थापन गर्न सकिन्छ ।हिन्दू परिवारमा विवाहिता महिलाबाट उत्पन्न भएको पुलिंग सन्तानलाई पुत्र भनिन्छ । पुत्रलाई छोरा भन्ने गरिन्छ ।

पुत्रको प्रारम्भिक अर्थ लघु अथावा सानो हुन्छ । ‘पुत्रक’ शव्दको अर्थ वा सम्बोधन आफू भन्दा सानो मानिसलाई माया युक्त रुपमा गरिने सम्बोधन हो । https://youtu.be/HP-BKrGN9hc