महिला डक्टरको पहिलो अनुभव : पुरुषको लिङ्ग देख्दा लाज लाग्छ

पक्कैपनि आफू भन्दा बिपरित लिंगी डक्टरलाई यौ’न तथा प्रसुती समस्या कमै मात्रामा जानकारी दिईन्छ । तर डाक्टर समक्ष बिरामी पुग्नै पर्छ ।

सम्भव भएसम्म पुरुषले पुरुष डक्टर र महिलाले महिला डक्टर नै खोज्ने गर्छन् । डा. सृजना शर्मा स्त्री, प्रसुती तथा यौन रोग बिशेषज्ञ हुन् । उनी पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र ए एण्ड बी इन्टरनेशनल अस्पतालमा कार्यरत छिन् ।

उनले आफू स्त्री, प्रसुती तथा यौन रोग बिशेषज्ञ भएर पनि सुरुमा पुरुष यौन अंग देख्दा लाज मानेको खुलासा गरेकी छन् । उक्त लाज मान्ने अवस्था भने युवा अवस्थाको सिकाईमा थियो ।

उनी भन्छिन्, अब सिक्ने कुरा र जीवनमा आवश्यक पर्ने कुरालाई लाज मानेर होईन सहज रुपमा लिएर सिक्नु र जान्नु पर्छ ।

उनी भन्छिन् म डाक्टर हो पुरुष बिरामी भएपनि म कहाँ आउँनुहुन्छ । आउँनुपर्छ । मैले लाज मानेर हुन्न ।

मेरो ज्ञान सिप नै त्यही क्षेत्रमा भएपछि मलाई पुरुष यौनांगमा देखिएका समस्या हेर्न लाज लाग्दैन । विरामी पुरुषहरुपनि लाज नमानि उपचार गराउन उनको सुझाव समेत छ ।

महिला पुरुषहरु डाक्टरकै कारण वा भन्न लाज मानेकै कारण उपचार गराउन अस्पताल सम्म पुग्दैनन् । यसैले सचेतना बढाउन यस्ता सामाग्री सेयर गरिदिनुहोला ।