राष्ट्रपति र एमाले अध्यक्षबीच हिजो राति दुई घण्टा शिष्टाचार भेट

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । राष्ट्रपति र पूर्वप्रधानमन्त्रीबीच हिजो राति दुई घण्टा शिष्टाचार भेट भएको हो ।

राष्ट्रपति र पूर्वप्रधानमन्त्री ओलीबीच भएको भेटघाट र छलफलको औपचारिक जानकारी दिइएको छैन । बुझिएअनुसार अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौताबारे शीतल निवासले पनि चासो देखाएको छ ।

राष्ट्रपतिले हिजो दिउँसो प्रधानसेनापति प्रभुराम शर्मासँग पनि भेटघाट गर्नुभएको थियो । त्यसपछि उहाँलाई भेट्न अध्यक्ष ओली शीतल निवास जानुभएको हो ।

यता, स्थानीय चुनावपछि तुल्तात्मक रुपमा फुर्सदिलो रहनुभएका अध्यक्ष ओलीले विभिन्न पक्षसँग भेटवार्ता गरिरहनु भएको छ । हिजै शीतल निवास निस्कनुअघि उहाँले बालकोटस्थित आफ्नै निवासमा पूर्वमाओवादी नेता प्रभु साहसँग तीन घण्टा लामो छलफल गर्नुभएको थियो ।