यसरी धुमधामले ज्ञालेक्सी टिभीबाट बिदा भए रवि लामिछाने, उनले चलाउँदै आएको कार्यक्रम सिधा कुरा अब के होला ?

काठमाडौं ।

लोकप्रिय सञ्चारकर्मी रवि लामिछाने आगामी संसदीय चुनावमा काठमाडौंबाट स्वतन्त्र उम्मेदवार बन्ने भएका छन् ।

उनले स्वचन्त्रबाट चुनाब लड्ने भएसँगै ग्यालेक्सी टेलिभिजनबाट बिदा भइसकेको बताइएको छ । लामिछानेले ३ नम्बर क्षेत्र बाट चुनाब लड्ने सम्भाबना रहेको बताइएको छ ।

रवीले चलाउने कार्यक्रम सिधा कुरा जनतासँगको अन्तिम एपिसोड आज प्रसारण हुँदैछ । उनले आफ्नो कार्यक्रम युवराज कँडेललाई हस्तान्तरण गरेको बुझिएको छ ।

कँडेल उक्त कार्यक्रममा भ्वाइस ओभर गर्ने गर्थे । लामिछाने सो टिभीका संस्थापक तथा प्रस्तोता थिए । टिभीका अध्यक्ष जिवी राईले लामिछानेलाई खादा लगाएर औपचारिक विदाइ गरे ।

वालेन पछि राष्ट्रिय राजनीतिमा सञ्चारकर्मी रवि लामिछाने पनि आउने भएपछि धेरै जनाले खुशी व्यक्त गरेका छन् । टिभीबाट बिदा हुँदै उनले जनताका प्रश्न सोध्ने ठाउँबाट जनताका प्रश्नको उत्तर दिने ठाउँमा जान चाहेको बताएका छन् ।

रविले धुमधामसँग ज्ञालेक्सी टिभीबाट बिदा भएसँगै उनले संचालन गर्दै आइरहेको लोकप्रिय कायृक्रम कार्यक्रम सिधा कुरा अब के होला ?