एसपीपी सम्झौता गर्न लाग्यो भनेर राष्ट्रवादको झुटो र पाखण्डी प्रचार गरिँदै छ : प्रचण्ड

काठमाडौं २ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकासँग स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सम्झौता गर्न लाग्यो भनेर राष्ट्रवादको झुटो र पाखण्डी प्रचार भएको बताएका छन् ।

बिहिबार रितवहादुर खड्का स्मृति दिवसका अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा सहभागी भएका प्रचण्डले यस्तो बताएका हुन् । हिजो जसले आत्मसमर्पण गरेर आज उनीहरु नै एसपीपी हुँदैछ रे भनेर भइनै सक्यो जसरी प्रचार गर्दै गरेको आरोप लगाएका प्रचण्डले यो विल्कुल झुट भएको बताएका छन् ।

गठबन्धन दलको शिर्ष नेताहरुबिच भएको छलफलमा पनि त्यस्तो कुनै सम्झौता नभएको प्रधानमन्त्री शेरबहादुर देउवाले पनि हुँदैन भनेर भनेको बताएका छन् ।

प्रचण्डले भने–’अहिले राष्ट्रवादको झुटो र पाखण्डी प्रचार हुँदैछ । हिजो जसले आत्मसमर्पण गरेर आज उनीहरु नै एसपीपी हुँदैछ रे भनेर भइनै सक्यो जसरी प्रचार गर्दैछन्,त्यो बिल्कुल झुटो हो ।’