नेकपा एकीकृत समाजवादीका मन्त्री कहिले हुन्छन् फिर्ता ? पार्टी बैठकले गर्यो यस्तो बोल्ड निर्णय

एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने यसअघि सचिवालय बैठकले गरेको निर्णय अनुमोदन गरेको छ । प्रचार विभाग प्रमुख एपवं उपमहासचिव जगन्नाथ खतिवडाले भने, ‘बजेटको काम समाप्त भए पश्चात उचित समयमा नयाँ मन्त्रीहरु पठाउने छौं ।’

एकीकृत समाजवादीको २२ जेठमा चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । शहरी विकासमन्त्री रामकुमारी झाँक्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, श्रममन्त्री किसान श्रेष्ठ र पर्यटनमन्त्री प्रेम आलेलाई फिर्ता बोलाएर स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई मन्त्रीमा सिफारिस गरेको थियो । शहरी विकासमा मेटमणि चौधरी, श्रममा शेरबहादुर कुँवर, पर्यटनमा जीवनराम श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीको नाम पठाएको थियो ।

तर संसदमा बजेटमाथि छलफल चलिरहेको र अरु दलमा पनि मन्त्री फेर्ने दबाव बढेको भन्दै सत्तारुढ गठबन्धनमा सोमबार तत्काल मन्त्री नफेर्ने सहमति भयो । नेताहरुका अनुसार त्यसबेला नै प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पास भएपछि मन्त्रीहरु हेरफेर गर्न सहमति जनाएका थिए ।

एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले स्थायी चुनावको समीक्षा गर्दै पाँच दलीय गठबन्धनलाई निरन्तरता दिन पहल गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले अध्यक्ष माधव नेपालको चुनावी समिक्षा प्रतिवेदनसहित १० भन्दा बढी प्रतिवेदनहरू पारित गरेको छ ।

जसमा नेता खनालले राखेको एसपीपी अनुमोदन गर्न नहुने भन्दै सरकारलाई गम्भीर ध्यानाकर्षण गराउने समेत रहेको छ । बैठकले आगामी असार १० गते पोलिटब्युरो र ११ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गर्दै १३ गते केन्द्रीय परिषद् बैठक बोलाउने निर्णय गरेको छ ।