श्रीमान छदै छुट्नै नसक्नेगरी एकराजसँग कसरी पर्‍यो विमलाको लभ, यस्तो छ दुवैको रामकहानी !

दाङ क्षेत्र नम्बर ३ ‘ख’बाट निर्वाचित सांसद उत्तरकुमार वलीको सवारी दुर्घ’टनामा मृ’त्यु भएपछि रिक्त उक्त क्षेत्रमा तत्कालीन नेकपाले उत्तरकी श्रीमती विमलालाई उम्मेदवार बनाउने निर्णय गर्‍यो ।

तत्कालीन नेकपाका लुम्बिनी प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री शंकर पोखरेलले पार्टी एकताको सन्देश दिन भन्दै माओवादी पृष्ठभूमिका प्रदेश सचिव जगप्रसाद शर्मा ‘अपार’लाई विमलाको चुनावी कमाण्डर बनाए ।

विमलाले नेपाली कांग्रेसका केशव आचार्यलाई फराकिलो मतान्तरले पराजित गरिन् । चुनावी अभियानका क्रममा उनी अपार र प्रदेश सांसद दामा शर्मासँग निकट बनेकी थिइन् । पूर्वएमालेहरूसँग टाढिएर पूर्वमाओवादीका नेता(कार्यकर्तासँग उनी बढी घुलमिल हुँदै गइन् ।

पूर्वमाओवादीका एकराज र विमलाको भने चुनावसम्म चिनजान नै थिएन । एकराज कांग्रेस नेता सुरेश हमाल निकट भएकाले चुनावमा उनलाई पार्टीले शंकाको घेरामा राखेको थियो ।

विमलासँग आफ्नै निजी सवारीसाधन थिएन । त्यसैले तत्कालीन नेकपाका नेता अपार र दामाले विमलाको आवागमनका लागि एकराज बस्नेतलाई जिम्मा दिए । एकराजसँग निजी कार थियो ।

एकराज निकट एक वाईसीएल कार्यकर्ताका अनुसार आफ्नो निजी गाडी चढाउने क्रममा नै एकराज विमलाप्रति आकर्षित हुन थाले ।

विमलाले स्वर्गीय पति उत्तरकुमार वलीविरु द्धको वैदेशिक रोजगारको ठ गी मु द्दा पनि खेपिरहेकी छन् । सोही मु द्दाको पे सीका लागि विमलालाई सर्वोच्च अदालत धाउनुपर्ने भयो । उनै एकराजले विमलालाई आफ्नो गाडीमा हालेर काठमाडौं लगे । एकराज निकट स्रोतका अनुसार उनीहरू काठमाडौंको होटेलमा सँगै बसेका थिए ।

सोही बसाइपछि उनीहरूबीच अन्तरंग सम्बन्ध सुरु भएको हो । तुलसीपुरमा अढाई तल्लाको घर छँदाछँदै विमला घोराहीमा भाडाको घरमा बस्न थालिन् । विमला निकट एक माओवादी नेतृका अनुसार एकराज पनि आफ्नो घरमा नगई विमलासँगै घोराहीमा बस्ने गर्थे ।

यही क्रममा सिउँदोमा सिन्दूर हालेकी विमलाले आफूलाई गालामा चुम्बन गरेको तस्बिर एकराजले फेसबुकको स्टोरीबाट सार्वजनिक गरेका थिए । केही बेरपछि पोस्ट उनले हटाए । तर, सो तस्बिरसहितको समाचार नेपालप्रेसले सार्वजनिक गरेपछि भाइरल भएको थियो ।

को हुन् एकराज ?

करिब ३५ वर्षीय एकराज सामान्य माओवादी कार्यकर्ता हुन् । उनी कांग्रेसका तुलसीपुर उपमहानगर सभापति सुरेश हमालसँग नजिक छन् । कांग्रेस नेतासँगको निकटताका कारण माओवादीले उनलाई त्यति विश्वास गर्दैन ।

एकराजको आर्थिक अवस्था सामान्य छ । उनी काठको व्यवसाय गर्छन् । जंगलबाट काठ चो’री(नि’कासी गरेको भन्दै उनलाई वन मु’द्दासमेत लागेको थियो । उनले हाल तुलसीपुर उपमहानगरपालिका वडा ९ दोघरेमा बस्नेत सःमिल चलाउँदै आएका छन् ।

मिनाले बताएअनुसार करिब ४ दिनअघि एकराज घरबाट निस्केका हुन् । अहिले उनको मोबाइल स्विच अफ छ ।

एकराजका एक छोरा र एक छोरी छन् । यता विमलाका पनि दुई छोरा छन् । एकराजसँग प्रेममा पर्दा विमलालाई उनी विवाहित हुन् भन्ने थाहा थियो वा थिएन भन्ने खुलेको छैन । तर, एकराजले घरमा जहान(परिवार हुँदाहुँदै विमलासँग जानाजान अनै’तिक सम्बन्ध राखेका हुन् ।

नेपालप्रेसमा समाचार प्रकाशित भएपछि उनीहरूले आफूहरूको चरित्रह’त्या गरिएको आरो’प लगाएका थिए ।

एकराजले विमला नाताले आफ्नो दिदी पर्ने दाबी गरेका थिए । तर, अन्ततः उनीहरूको विवाहेत्तर सम्बन्ध पुष्टि भएको छ । आज विमलाले ‘मेरो एकराज खोइ’ भन्दै उनको घरभित्र घुसेर ताण्ड’व म’च्चाएकी छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।