मन्त्री वली एकाबिहानै विबाहित प्रेमीको घरमा पुगेर अमानविय व्यबहार गर्दै मच्याइन् खैलाबैला

काठमाडौँ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीले बेला बेलामा तमासा देखाइरहन्छिन् ।

गत वर्ष प्रेमीसँगको अंकमालसहितको तस्विर भाइरल भएपछि विबादमा तानिउकी वलीको अर्को हर्कत बाहिर आएको छ ।

मन्त्री वली आफ्ना एक पीएसओसहित प्रेमी एकराज बस्नेको तुलसीपुर–५ बसपार्क आलुमण्डीमा रहेको घरमा फिल्मी शैलीमा पुगिन् । उनी आज एकाबिहानै दलबलसहित त्यहाँ पुगेर ‘मेरो एकराज खोइ रु’ भन्दै एकराजकी श्रीमती र छोरीलाई सुरुमा सोधिन् । त्यसपछि उनले एकराजकी श्रीमती र छोरीमाथि जाइलागेको समेत प्रत्यक्षदर्शीले बताए ।

निकै आक्रोशित बनेकी वलीले एकराजलाई नदेखेपछि कोठाभित्रको दराजसमेत तो’डफो’ड गरेको बताइएको छ । एकराज घरमा नभएको समयमा त्यहाँ पुगेकी वलीले देखाएको हर्कत असैह्य भएपछि स्थानीयले प्रहरीलाई खबर गरे लगत्तै इप्रका तुलसीपुरबाट प्रहरी टोली आएर विमलालाई नियन्त्रणमा लिएको छ ।

वलीका श्रीमानको केही समयअघि दुर्घटनामा मृत्यु भएको थियो । श्रीमानको अवसानपछि उनी विवाहित पुरुष एकराजसँग एकाएक नजिकिएकी थिइन् ।

वलीले आफ्नो फेसबुक स्टोरीमा एकराजलाई चुम्बन गरिरहेको फोटो पोष्ट गरेपछि उनी मिडियाको आँखामा परिन् । त्यसपछि विबादमा आएकी वलीले बेलाबेलामा यस्तै हर्कतहरु दोहोराउँदै आएकी छिन् ।

नेकपा विभाजनपछि उनी एमाले संसदीय दलको बैठकमा सहभागी भए पनि सरकार परिवर्तनका बेला माओवादीतिर लागेर लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री खान सफल भइन् । नेकपा एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित भएका उनका पति उत्तर कुमार वलीको दुर्घटनामा मृत्युपछि तत्कालीन नेकपाबाट श्रीमती विमला वली सांसद निर्वाचित भएकी थिइन् ।