ब्यङ्ग्य कविता: कोदो र तोरी भाग २

धान खेतमा कोदो

हिजो थियो कोदो तोरी पुरै भाँडा भरि
रक्सी पार्न कुरि बसे मर्चाको आश गरि

कुर्दा कुर्दै बर्ष बित्यो चइनिज मर्चा आएन
जति सुकै गर्दा पनि उपाय नै लाएन

घोप्टिएर भरि भाँडो छताछुल्ल भयो
कोहीले कुल्चे कोहीले टिेपे कोही बगाएर लयो

भाँडा भित्र सङ्गै बस्दा त्यो कोदाका चापले
थापिएर त्यहाँ माथि आफ्नै भित्री रापले

मक्किएछ तोरी सबै कोदो भने उम्रो
हुर्किएर फल्ने हो कि लाग्ने पो हो खुम्रो

निकै ज्याद्रो हुँदाे र छ बन काेदाकाे बिउ
जस्तो सुकै खडेरी होस जोगाइ हाल्छ जिउ

पोख्खिएर रित्तो भए नि अन्न राख्ने डाली
धान खेतमा पो उम्रिए छ कोदो सुख्खा बाली

सुख्खा ठाउँमा हुर्कि फल्ने कोदाको त्यो बानी
क्यारि थेग्ला त्यसले अब धान खेतको पानि

फैलिएला त अर्कै ठाँउमा गर्दे मनोमानी
उखेल्ने पो हुन कि कतै झारपात जस्तै ठानि

थेग्ला कि नाइ त्यो कोदा‌ले धान बालीको भेल
एउटा बाली अर्को भित्र टिक्ला कतिन्जेल

बर्ण सङ्कर हुने हो कि सङ्ग सङ्गै फूल्दा
एक्लै अन्तै फूल्ने बाली धान खेतमा झुल्दा

कस्ता लाग्लान् त्यसका बाला कसो गरी फल्ला
धानै सरि लर्केलान कि पर्लान माथि डल्ला

भिन्दा भिन्दै रोपे बरु चिन्ने ले नि चिन्थे
खानेले नि शुद्ध खान्थे किन्नेले नि किन्थे

कहिल्यै पुरा हुने भएन बाली मोल्ने धोको
जती बाली मोले पनि किसान सँधै भोको

थोरै भए नि निस्के आज नँया बिउ बाँड्ने
मिस्सिएका यस्ता बाली लौरो लगाइ फाँड्ने

अर्जुन राज पन्त
बाग्लुङ मुलपानी,