पत्रकार सम्मेलनमा जंगिए जीबब, म खुट्टा लागेको ठूलो छोरा हुँ

पारिवारिक लफडा सार्वजनिक गरेर विवादित बनेका र्यापर सुदीप भण्डारी ‘जी–बब’ पत्रकार सम्मेलनमा जंगिएका छन् । उनले आफूले आमाबाबुबाट छुट्टै बस्न चाहेको तर स्वीकृति नपाउँदा जिल्ला प्रशासन कार्यालयमा मुद्दा नभइ निवेदन दिएको बताए ।

‘मैले त स्वतन्त्रता खोजिरहेको हो । म मेरो फ्रिडमको लागि । यति ८०–९० जना मिडियाका मान्छे होइन चाहेँ भने ३ सय–४ सय जना मिडिया जति जनाको अगाडि पनि बोल्न सक्छु’, उनले आइतबार पत्रकार सम्मेलनमा भने, ‘मलाई मेरो स्वतन्त्रता चाहियो । मैले मेरो आमालाई मुद्दा भन्ने शब्दले कुरा बिग्रेको हो क्या। मैले कपीमा लेखेर निवेदन दिएको हो । सीडीओमा गएर स्वतन्त्र रुपले बस्न पाउनुपर्यो भनेर । मलाई काम गर्दाखेरी मेरो आमा र बाउले माथिबाट टोक्नु भएन ।’

आफू र आफूलाई काम गर्ने टिमलाई आफ्नो हिसावले परिवारले चल्न दिनुपर्छ भनेर आफूले भनेको उनको भनाइ छ । जंगिदै उनले भने, ‘मुद्दा होइन निवेदन । कागजमा लेखेर निवेदन दिएको हो । नि..वे…द.. न… के लेखेको पनि मलाई थाहा छ । मलाई घर परिवारले र्याक हान्दिन्छु भनेर बारम्बार भनिरहेको हुँदा…।’

घर र आफ्नो विवाद भएपछि अहिले बाहिर कन्टोभर्सी आएको उनको भनाइ छ । उनले आफू खुट्टा लागेको ठूलो छोरा भएकाले स्वतन्त्रता चाहेको बताए । उनले भने, ‘मलाई मेरो आमा र बाउले छाडिदिनुपर्यो । किनभने म खुट्टा लागेको ठूलो छोरो हो । मलाई स्वतन्त्रता चाहियो म जहाँ भन्छु त्यहाँ उठ्न पाउनुपर्यो भनेर मैले निवेदन दिएको हो ।’