मलाई बाबुआमा चाहिँदैन : र्यापर जि – बब

काठमाडौं ।

आफ्नै बुबाआमाविरुद्ध जिल्ला प्रशासनमा दिएको उजुरी र अन्तर्वार्तामा परिवार भित्रका गोप्य कुराहरु समेत बाहिर ल्याएपछि र्‍यापर जि(बब थप विवादमा तानिएका छन् ।

शुक्रबार बाबु र आमाले पत्रकार सम्मेलन गर्दै जि – बबको स्वभाव , ब्यबहार र उनी दुब्र्यसनीमा परेका र उनको फेरिएको व्यबहारको बारेमा बोलेपछि जि(बबले त्यसको प्रतिउत्तर दिँदै बाबु र आमालाई नै दोष्ी ठहराएका छन् ।

बाबु आमा मिडिष्यामा आएर बोलेको भन्दै जि(बबले आफूमाथि लागेका आरोपहरूबारे स्पष्टीकरण दिन जि(बबले आज एउटा प्रेस मिट आयोजना गरेर बाबु दुबईबाट आएको भन्दै बाबुको कुरा पनि गरेका छन् ।

बुबा धेरैपछि आफ्नो सम्पर्कमा आएकोमा आपत्ति जनाउँदै उनले भनेका छन् बुबा मसँग नभएका कारण अब म बुबा आमासँग बस्दिन भन्दै उनले भने म सुपरस्टार हो ।

पत्रकार सम्मेलनमा उनले आफूलाई सही लागेको कुरा जे पनि बोल्न पाउनुपर्ने बताउँदै भने (बुबाआमा) ले नै बाहिर ल्याएकाले मैले अन्तर्वार्ता दिएको हुँ ।

मैले रियालिटी बोलेको हो । तर, आमालाई दोष लगाउँदिन । हाम्रो सम्बन्ध पहिल्यैदेखि समस्याग्रस्त थियो । उनले व्यक्तिगत स्वतन्त्रता भन्दै उनले माइकमै अश्लिल शब्द समेत बोल्न भ्याएका छन् ।