माधवको एसपछि प्रचण्ड माओवादीले पनि फिर्ता बोलायो मन्त्री, को–को परे लिष्टमा ? (नामावलीसहित)

काठमाडौं – माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीका मन्त्रीहरुलाई फेर्ने निर्णय गरेपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रले पनि मन्त्री फेर्ने भएको छ । त्यसका लागि अध्यक्ष प्रचण्डले नयाँ मन्त्रीहरुको लिष्ट प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेका हुन् ।

देउवाले एकीकृत समाजवादी, माओवादी र कांग्रेसका केही मन्त्रीहरुलाई विदाई रहेर बजेट पारित भएपछि नयाँ मन्त्रीहरुलाई सपथ गराउने कार्यक्रम तय गरेका छन् । त्यसका लागि देउवाले अर्थमन्त्रालय आफ्नो पार्टीको भागमा पार्न खोजेका छन् ।

माओवादीको भागमा रहेको अर्थमन्त्रालय कांग्रेसले लिएर माओवादीलाई गृहमन्त्रालय सुम्पिने देउवाको रणनीति छ । त्यसका लागि प्रचण्ड बरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय बनाउन प्रचण्ड तयार भएका छन् ।

स्रोतका अनुसार सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्रालयको जिम्मा दिने तयारी देउवाको छ । अर्थमन्त्रालय कांग्रेसले नै राख्न दातृ निकायले समेत सुझाव दिएपछि कार्कीलाई जिम्मा दिन लागिएको स्रोतले जनाएको छ ।

यता नारायणकाजी श्रेष्ठ समूह असन्तुष्ट भएको बेलामा प्रचण्डले गृहमन्त्री बनाएर फकाउन खोजेका छन् । महाधिवेशनदेखि स्थानीय तहको टिकट वितरणसम्ममा आफ्नो समूहमाथि पेलान भएको उनीहरूको बुझाइलाई मध्यनजर गर्दै उनले फकाउन गृहमन्त्रालय कार्ड प्रयोग गरेका हुन् ।

माओवादीबाट उर्जा मन्त्रीमा देवप्रसाद गुरुङ, शिक्षामा हरिबोल गजुरेल, भूमि व्यवस्था मन्त्रीमा सत्य पहाडी र युवा तथा खेलकुद मन्त्रीमा दुर्गाबहादुर रावतको लिष्ट देउवाको हातमा पुगेको श्रोतको दावि छ ।