खेम सेन्चुरी र विमता धर्ति मगरको ‘सरर जाम साँईली’ बजारमा (भिडियोसहित)

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । सोहि क्रममा लोक तथा दोहोरी गायिका विमता धर्ति मगरको नयाँ दोहोरी गित ‘सरर जाम साँईली’ भखर्रै सार्वजनिक भएको छ ।

लोकप्रिय दोहोरी गायक खेम सेन्चुरी र गायिका विमता धर्ति मगरको आवाजमा सजिएको उक्त गितमा लोकप्रिय सर्जक नेत्र अर्यालको उत्कृष्ट शब्द सृर्जना एवम् गायक सेन्चुरीकै लय रचना रहेको छ । प्रेमिकल जोडीहरुको माया प्रेमको विषयबस्तु झल्काईएको उक्त गीतको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ ।

पछिल्लो समयका अत्यन्तै व्यस्त निर्देशक विनोद भण्डारीको उत्कृष्ट निर्देशन एवम् प्रशान्त मगरको कोरियोग्राफी तयार भएको गितको म्युजिक भिडियोमा बिनोद भण्डारी र विमता धर्ति मगरको डान्सिङ्ग फिचर एवम् अभिनय रहको छ ।

अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई नवराज उप्रेतीले छांयाकन एवम् विकास ज्ञवालीले सम्पादन गरेका छन् । गितको म्युजिक भिडियो अत्यन्तै रोचक र लोभलाग्दो वनेको छ ।

उक्त गितको म्युजिक भिडियो Bimata Ghatri Magar को अफिसियल युटुव च्यानलबाट बजारमा सार्वजनिक भएको छ ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :

यो पनी :