बालेनको जितपछि हौसिएर स्वतन्त्रबाट सांसद लड्ने तयारीमा रमेश खरेल देखि रञ्जु दर्शनासम्म

काठमाडौं । स्वतन्त्र उम्मेदवारी दिएर बालेन्द्र साह काठमाण्डौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि आगामी प्रदेश र प्रतिनिधि सभामा स्वतन्त्र उठ्नेको लहर सुरु भएको छ। देशैभरी स्तन्त्र उम्मेदवारी दिनेको चर्चा सर्वत्र सुनिन थालेको छ।

काठमाण्डौंमा त स्वतन्त्र उठ्नेहरुको भेला र वैठक समेत भईरहेका छन् । बालेन ग्रुप, अटेरी समुह, पुर्व प्रशासकसहित ०७४ को स्थानीय तह निर्वाचनमा विवेकशिल राझा पार्टीका तर्फबाट काठमाण्डौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएर पराजित भएकी रन्जु दर्शनासम्मले उम्मेदवारी दिने वताई रहेका छन् ।

रन्जु आउँदो प्रतिनिधिसभा चुनावमा काठमाडौं क्षेत्र नम्बर ५ बाट उठ्ने बताएकी छिन् । उम्मेदवारीको औपचारिक घोषणा भने भएको छैन। उनले आफूले स्वतन्त्र रूपमा उम्मेदवारी दिने पनि जानकारी दिएकी छिन् ।

अन्य स्वतन्त्र उम्मेदवारहरूसँग पनि सहकार्य गरिने उनले बताइन् । २०७४ सालको चुनावमा काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा एमालेका ईश्वर पोखरेल विजयी भएका थिए । उनले नेपाली कांग्रेसका प्रकाशशरण महतलाई झन्डै १० हजार मतले हराएका थिए ।

२१ वर्षकै उमेरमा उनले मेयरमा उम्मेदवारी मात्रै दिएकी थिइनन्। तर, तेस्रो स्थानमा रहिन। वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठनको मूल नेतृत्वमा अधिकतम ढोंग पाएको उल्लेख गर्दै उनले विवेकशील साझा पार्टी छाडेकी थिइन् । उनी नेकपा एमालेमा प्रवेश गर्ने चर्चा पनि भएको थियो। तर, उनले स्वतन्त्रबाटै उम्मेदवारी दिने वताएकी छिन् ।

यसअघि विवेकशील साझा पार्टीमै रहेका पुकार बमले काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरिसकेका छन् । उक्त निर्वाचन क्षेत्र कांग्रेसका प्रकाशमान सिंहको निर्वाचन क्षेत्र हो। अघिल्लो निर्वाचनमा विवेकशील साझा पार्टीका रवीन्द्र मिश्र पनि सोही क्षेत्रकाट चुनाव लडेका थिए ।

पूर्वडीआईजी रमेश खरेलले पनि निर्वाचन क्षेत्र नं। १ वा ५ बाट उम्मेदवारी दिने वताई रहेका छन् । स्थानीय तह निर्वाचनमा काठमाण्डौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने चर्चा चलेपनि अन्तिम समयमा उनी पछि हटेका थिए । उनले बालेन्द्रलाई आफुले मेयरका लागि ठाउँ छोडेको वताउँदै आएका छन् । बालेन्द्रलाई छोडेपछि रन्जु र पुकारलाई भने छोड्न नसक्ने र दुई मध्ये एक निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने उनको भनाई छ।

त्यसैगरी काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका सुमन सायमीले पनि काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दिने तयारी गरेका छन् ।