सिसडोलबासीले फोहोर काठमाडौंतिरै फर्काइदिएपछि बालेनले निकाले यस्तो गज्जबको आइडिया !

काठमाण्डौ – काठमाडौं महानगरका मेयर बालेन साहका लागि काठमाडौं महानगरको फोहोर व्यवस्थापन टाउको दुखाइएको बिषय बनेको छ । नुवाकोटको बञ्चरेडाँडाका स्थानीयवासीले बुधवार पनि काठमाण्डौबाट फोहर बोकेर गएका गाडीलाई अवरोध गरेका छन् । बिहान काठमाण्डौको फोहर बोकेर नुवाकोटको बञ्चरेडाँडा ल्यान्डफिल साइटतर्फ गएका डेढ सय वटा टिपरलाई स्थानीयवासीले रोकेका हुन् ।

दिनभर टिपर बञ्चरेडाँडा वरपर रोकिएका थिए, बेलुकासम्म पनि प्रहरी र स्थानीयवासीबीचको झडप मत्थर नभएपछि टिपर फोहर बोकेरै काठमाण्डौ फर्किएको काठमाण्डौ महानगरपालिकाका इन्जिनियर शंकरदीप श्रेष्ठले जानकारी दिए ।

बञ्चरेडाँडाका स्थानीयवासी र प्रहरीबीच फोहर फ्याँक्ने विषयमा विवाद हुँदा प्रहरीले ६ राउन्ड अश्रुग्यास प्रहार गरेको छ । स्थानीयवासीले ढुङ्गामुढा गर्दा १० जना सुरक्षाकर्मी घाइते भएका छन् ।

गएको सोमवार सहरी विकास मन्त्रालयमा भएको सम्झौताअनुसार बञ्चरेडाँडामा फोहर फ्याँक्न दिने सहमति भए पछि हिजोदेखि फोहोर बोकेका गाडी लगिएको भए पनि स्थानीयवासीले अवरोध गरेका हुन् । यसैबीच, महानगरका मेयर साह सिसडोलबासीको अवरोधपछि अर्को तयारीमा जुटेका छन् ।

काठमाडौँका मेयर बालेन यसका लागि नयाँ विकल्प खोजेका छन् । उनले जापानको हिटा समूहलाई भेटेर नयाँ विकल्प खोजेका हुन् ।

यो समूहले प्लाष्टिकजन्य फोहोर ब्याबस्थापको अत्याधुनिक प्रबिधी नेपाल भित्राएको छ । उच्चतापक्रममा प्लास्टिक जन्य फोहोर जलाएर नस्ट गर्ने यो प्रबिधी काठमाडौ उपत्यकाको फोहोर ब्यबस्थापनमा समेत उपयुक्त हुने दाबी छ ।

अहिले यो प्रबिधी काठमाडौका ३ बटा होटलहरू काठमाडौं गेस्ट हाउस ठमेल, माया मनोर बुटिक होटल हात्तीसार र पार्क भिलेज रिसोर्ट बुढानिलकण्ठले प्रयोगमा ल्याईसकेका छन् ।

यो प्रविधिबाट फोहोर व्यवस्थापन गर्दा धुंवा समेत नआउने प्रदूषण समेत नहुने भएकाले काठमांडौंको फोहोर व्यवस्थापनमा यो महत्वपूर्ण हुन सक्ने यसका नेपाल सप्लायर्सका ओनर तेन्जिग सिमिजुको दाबि छ । यो प्रबिधीबाट पानी र हल्का पिय पदार्थका बोतल, कागज, दुध, तेल, खानाको र्यापर, सेम्पु, साबुनको खोलका साथै अन्य प्लास्टिक फोहोरलाई खरानीमा परिणत गर्न सकिन्छ ।

हिटा समुहले फोहोर ब्यबस्थापनको यो प्रबिधी प्रयोगका विषयमा काठमाडौ महानगरपालिकका प्रमुख शाह र उप प्रमुख सुनिता डंगोलले छलफल गरेका छन् । यो प्रविधि प्रयोगपछि नकुहीने फोहोरको व्यवस्थापन हुने छ भने कुहिने फोहोरलाई मल बनाएर प्रयोग गर्न सकिनेछ ।