हामी केटीहरुले विहे नगरी बच्चा जन्माउन पाउनुपर्छ : अभिनेत्री नम्रता सापकोटा

काठमाडौं ।

पुरुष प्रधान समाजका लागि अभिनेत्री नम्रता सापकोटाको शीर्षकमा उल्लेखित अभिव्यक्ति सामान्य क्रान्तिको रन्को होइन । उनले हरेक छोरीहरुलाई सवल र सक्षम बनाउँन मात्र हैन, आत्मास्वाभिमानको झंकार दिन खोजेकी छन् । यो क्रान्तिको विगुल हो ।

समाज परिवर्तनको झड्का हो । उनले आफूलाई विहे नगरीकनै बच्चाको चाहना भएको बताएकी थिइन् । त्यसपछिपनि उनले विभिन्न सञ्चार माध्यममा विहे नगरीपनि बच्चा बनाउँन छोरीहरुलाई अधिकार हुनुपर्ने बताउँदै आएकी छिन् ।

महिलावाद भनेको राजनीतिक आर्थिक र सामाजिक रुपमा महिला तथा पुरुष बीच समानता हुनुपर्छ भन्ने सिद्धान्त हो । यो नै सबै महिलावादी सिद्धान्तको गाँठी कुरा हो। यही परिभाषाको कारण कहिले किहं यसलाई ‘मूल महिलावाद कोर फेमिनिजम्’ वा ‘मूल महिलावादी सिद्धान्त कोर फेमिनिस्ट थ्योरी’ समेत भन्ने गरिएको छ ।

अर्को परिभाषामा महिलावाद भनेको पुरुष- आयआर्जन तथा नीतिगत निर्णयका क्षेत्रमा हालीमुहाली गर्ने अधिकारी र महिला- विना ज्याला घरमा परिवारको भरण पोषण तथा स्याहार सुसारका सम्पूर्ण बोझ थेग्ने दासी जस्तो ठान्ने विश्वव्यापी रुपमा विद्यमान श्रम विभाजन प्रणालीलाई चुनौति दिने विचार हो ।

उनले भनिन्, ‘अहिले म विवाह चाहँदिन तर, बच्चा चाहिँ चाहन्छु । दुई चार वर्षमा मेरो विहे भएन भने बच्चा चाहिँ पाउँछु होला ।’ विहे नै नगरीकन पनि बच्चा पाउन सकिने उनको भनाई छ । विहेभन्दा आफूलाई बच्चा पाउन मन लागेको उनले बताइन् ।

समाज र समय विस्तारै परिवर्तन भएको बताउँदै नम्रताले सिंगल मदरको ट्रेन्ड बढेको पनि जनाएकी छिन् । आमाको माध्यममार्फत बच्चा जन्माउनुले वैधानिक पाएको बताउँदै नम्रताले बच्चा पाउनु आफ्नो इच्छा भएको बताइन् । उनले टेस्ट टुयुब बेबी (आईभिएफ) बाट भ्रुण लिएर भएपनि बच्चा जन्माउनसक्ने विकल्प महिलाहरुमा रहेको बताएकी छिन् ।