मन्त्रालय चलाउने कुनै ज्ञान छैन मन्त्री प्रेम आलेसंग : ढकाल

नेकपा एमालेका सांसद भानुभक्त ढकालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बतास समूहसँग मिलेको आरोप लगाएका छन् ।मंगलबार भएको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसद ढकालले सो कुरा गरेका हुन् ।

उनले पर्यटन मन्त्रीको जिल्लामा पर्यटन मन्त्रालयसम्बन्धी पाँच लाखका एक सयभन्दा बढी आयोजना पारिएको र एउटा नगरपालिकामा मात्र ३२ वटा आयोजना पारिएको तर समग्र मधेस प्रदेशमा यससँग सम्बन्धित ४३ वटा पारिनुले बजेटमा विभेद गरिएको उनको भनाई छ ।यसै कारण पर्यटन मन्त्रालय शीर्षकमा खर्च कटौती गरी एक रुपैयाँ राखिनुपर्ने उनको भनाई छ । उनले पर्यटनमन्त्री प्रेमबहादुर आलेसँग मन्त्रालय चलाउने कुनै ज्ञान नभएको पनि बताए ।