दलहरू एक आपसमा भिड्नु भन्दा गणतन्त्र खारेज गरेर राजातन्त्र ल्याउनु उचित हुन्छ: प्रदिप ज्ञावली

काठमाडौं

नेकपा (एमाले)ले गणतन्त्रको खोस्टोको संज्ञा दिएका छन्। नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले जनताले परिवर्तनको महसुश गर्न नसक्ने कागजको गणतन्त्रले समाधान दिन नसक्ने बताएका छन्।

एमाले चाँगुनारायण ८ नम्बर वडा कमिटीले सुडालमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले वर्तमान अवस्थामा कागजले समाधान दिन नसक्ने बताएका हुन्।

उनले भने ‘अघिल्लो सरकारले जनतालाई परिवर्तनको अनुभूति दिन खोजेको थियो तर काम गर्न दिइएन। दलहरू एक आपसमा भिड्नु भन्दा बरु गणतन्त्र खारेज गरेर राजातन्त्र ल्याउनु उचित हुन्छ।’

एमाले सचिव ज्ञवालीले एमालेप्रति जनताको विश्वास सरकार बाहिर रहँदा बढ्दै गएको दाबी गरे। ज्ञवालीले भने यतिखेर एमाले प्रतिपक्षमा छ गतिशील छ भन्ने आत्माविश्वासले प्रतिपक्षमा सत्तापक्ष पार्टीबाट एमालेमा प्रवेश गर्नेको लहर चलेको छ यो आम जनताको विश्वासले हो।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सोमप्रसाद मिश्र वाग्मती प्रदेश कमिटीका सदस्य नवराज गेलावाग्मती प्रदेशसभा सदस्य सरस्वती वाटी जिल्ला कमिटीका राजु सुवेदी नगर कमिटीका अध्यक्ष राम तिमल्सिना वडा कमिटीका अध्यक्ष राजेश खड्कालगायतले आगामी निर्वाचनमा एमाले पहिलो पार्टी हुने दाबी गरे। https://www.sansarkokhabar.com/बाट साभार गरीएकाे हाे ।

माओवादीले नवनिर्वाचित जनप्रतिनिधिलाई सत्ता संचालन तालिम दिने
काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई सत्ता संचालन सम्बन्धी तालिम दिने भएको छ ।

आज बुधबार बसेको माओवादी पूर्व स्थायी समितिको बैठकले आगामी जेठ १८ र १९ गते स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई काठमाडौंमा प्रशिक्षण दिने निर्णय गरेको हो ।उनीहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनीतिक तथा अन्य विषय विज्ञहरुले सत्ता संचालन सम्बन्धी प्रशिक्षण दिन लागेका हुन् ।

नेकपा माओवादीले स्थानीय तह निर्वाचनमा ७५३ स्थानीय तहमध्ये १२१ स्थानीय तहमा जित हासिल गरेको छ ।अघिल्लो स्थानीय तहको चुनावमा जितेका ३ दर्जनभन्दा बढि स्थानीय तह गुमाएपछि माओवादीले जनतामा प्रभावकारी काम कसरी गर्ने र आफ्नो पकड कायम राखिरहने भन्ने बारे प्रशिक्षण गर्न लागेको हो ।

माओवादीले यसपटकको स्थानीय तह चुनावमा नयाँ पालिकाहरु थपेपछि पुराना पालिकाहरु गुमाएको छ ।लुम्बिनी प्रदेशको राजधानी रहेको राप्ती गाउँपालिकामा माओवादी विजयी दाङ । दाङको राप्ती गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रकाश विष्ट निर्वाचित भएका छन् । माओवादीलाई अध्यक्षमा सघाएर उपाध्यक्ष पदमा प्रतिस्पर्धा गरेको जनमोर्चाका उम्मेदवार भने नेकपा एमालेसँग पराजित भएका छन् ।