त्यसो भए तत्काल सरकारबाट बाहिरिने नेकपा एसको घोषणा

काठमाडौं । सत्ता गठबन्धन फुट्ने छाटकाट देखिएको छ । वर्तमान सत्तागठबन्धन फुटाउन सत्ताघटक दलहरुलाई नै रोल खेल्न थालेका हुन् । नेकपा एकिकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले तत्काल मन्त्री हेरफेर नगरे गठबन्धनको सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् ।

पार्टीको सचिवालय बैठकको निर्णय अनुसार समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आइतबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ मन्त्रीको नाम बुझाएका थिए ।

प्रधानमन्त्री देउवाले नयाँ मन्त्री नियुक्तिको सिफारिसमा आनाकानी गरेपछि वरिष्ठ नेता खनालले सिफारिस गरेका नामलाई तत्काल मन्त्रीमा नियुक्त गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् हेरफेरमा असहमति देखाएपछि सरकारलाई दिएको सर्मथन फिर्ता लिने उनको चेतावनी रहेको छ ।

यसअघि आइतबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले सरकारमा ६ महिना पूरा भएका मन्त्रीहरू रामकुमारी झाँक्रि, प्रेम आले, कृष्णकुमार श्रेष्ठ र विरोध खतिवडा, मेटमणी चौधरीलाई फिर्ता बोलाउने र उनीहरूको ठाउँमा नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो।

समाजवादीले स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई मन्त्रीमा बढुवा गर्ने, चौधरीसहित शेरबहादुर कुँवर, जीवनराम श्रेष्ठलाई मन्त्री बनाउने र हिराचन्द्र केसीलाई राज्यमन्त्री बनाउने निर्णय गरेको छ ।