देउवालाई पूर्वप्रधानमन्त्री बनाउने भित्री खेल बाहिरियो !

काठमाडौं । नेपाली राजनीति विगत १० बर्ष यता अस्थिर रुपले अगाडी बढिरहेको छ । सत्ताभित्र जनताको सेवा भन्दा स्वार्थ लुक्दा आमजनमानसमा राजनीतिप्रति बितृष्णा जाग्दै गएको हो । अहिले सत्तागठबन्धनको सरकार छ । कांग्रेस सभापती शेर बहादुर देउवा नेतृत्वको यो गठबन्धन सरकारलाई पनि विस्थापित गर्ने खेल स्थापित हुने स्पष्ट संकेत देखिन थालेका छन् ।

प्रधानमन्त्री देउवालाई सत्तागठन्धनभित्रैबाट पूर्वप्रधानमन्त्री बनाउने खेल सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले असारमा अमेरिका भ्रमण गर्ने खुलिसकेको छ । भ्रमणको औपचारिक घोषणा हुनमात्र बाँकी छ । देउवाको भ्रमण प्रधानसेनापति प्रभुराम शर्माको भ्रमणलगत्तै हुने छ । शर्माको भ्रमणको मिति तय भइसकेको छ ।

देउवाले अमेरिका भ्रमण गर्ने मिति नजिकिदै गर्दा गठबन्धन सरकारमा कम्पन आइसकेको छ । सत्ता गठबन्धनका शिर्ष नेताहरु प्रचण्ड र माधवकुमार नेपाल आफूलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आएको बताइरहेका छन् । तर, त्यस्तो प्रस्ताव कहाँबाट कस्ले गर्यो स्पष्ट छैन ।

देउवा प्रधानमन्त्री बन्दा माधवकुमार नेपाललाई चुनावी सरकारको ६ महिना प्रधानमन्त्री बनाउने भद्र सहमति भएको चर्चा पनि छ । त्यसो हो भने असारमा देउवाले माधव नेपाललाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने अवस्था आउन सक्छ । यसको पुष्टि हुन सकेको छैन । देउवाले भद्र सहमति बनेको हो भने पनि अमेरिका भ्रमण नगरी पछि हट्ने सम्भावना छैन ।

माधव नेपालले आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आएको भन्नु आफैमा गम्भीर विषय हो । अर्कोतर्फ, प्रचण्डले पनि यस्तै विषय उठाएका छन् । गठबन्धन तोडेर कम्युनिस्ट एकता गर्ने प्रयास पनि नभएको होइन । नेकपा एमाले, नेकपा एस र नेकपा माओवादी केन्द्रका दोस्रो तहका नेताहरु यसमा लागेका छन् । यो सजिलो भने छैन ।

पछिल्लो समय बाह्य शक्तिको नेपाल मामलामा भएको प्रतिष्पर्धाले परिस्थिति रोचक मोडमा पुर्याएको छ । अमेरिका नेपाल मामलामा आक्रमक रुपमा आएको छ । चीनले पनि अमेरिकाको बढ्दो प्रभावको सामना गर्न खोजेको छ । यी दुई देशको प्रतिष्पर्धाले आन्तरिक राजनीति सत्ता संघर्षका रुपमा प्रकट हुन थालेको छ । एकातर्फ, कम्युनिस्ट एकताको प्रयास चलिरहेको छ । यो प्रयास अन्तर्गत देउवालाई सत्ताबाट हटाएर कम्युनिस्ट पार्टीबाट प्रधानमन्त्री बनाउने रणनीति देखिन्छ । अर्को प्रयास भनेको सत्ता गठबन्धन कायमै राखेर देउवा प्रधानमन्त्री नै भएर चुनावमा जाने हो ।

गठबन्धनका प्रचण्ड र माधव नेपालको पछिल्लो भूमिका र बार्गेनिङ्गको शैलीले फरक परिस्थिति पनि बन्न सक्छ । गठबन्धन जोगाउनकै लागि देउवाले प्रधानमन्त्री छाडेर भएपनि सम्झौता गर्नुपर्ने हुनसक्छ । भित्र भित्र चलिरहेको संघर्षले देउवालाई प्रधानमन्त्रीबाट हट्न वाध्य हुने अवस्था बन्नसक्छ