मार्मिक कथामा आधारित टेली सिरियल ‘भाग्यरेखमा’मा सन्चारकर्मी नरालको अभिनय

काठमाडौं । नँया मार्मिक कथाबस्तु मा आधारित नेपाली टेली सिरियल ‘भाग्यरेखा’ को प्रोमो सार्वजनिक भएको छ। निर्माण टिमले कुनै औपचारिक कार्यक्रम नगरी युट्युबमा ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरले उत्कृष्ट सिरियलको झल्को दिन्छ ।

करन ब्लोनको लेखन तथा निर्देशन रहेको उक्त सिरियलमा नयाँ कलाकारहरुलाई स्थान दिईएको छ । जसमा उनिहरुको अभिनय निकै दमदार देखिएको छ । यस सिरियलमा कलाकारहरुको जम्बो टोली रहेको छ । उक्त सिरियलमा मुख्य पात्रको रुपमा आर. बी नराल , सजिना लामा , रिना गुरुङ , बुलेट लामा र सोनम लामा रहेका छन्। त्यसैगरी सिरियलमा अन्य पात्रहरुमा समीर कविता,भुवानी,प्रतिमा कृष्ण र रुकु रहेका छन । सिरियलमा समाजको वास्तविक भित्री नारिहरुको कथा निकै कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ ।

KK House काे निमार्ण रहेकाे उक्त टेलिसिरियललाई बुढानिलकण्ठकाे विभिन्न स्थानहरुमा छायांकन गरिएको छ। उक्त सिरियललाई जेनश लामाले सम्पादन गरेका हुन भने छायांकन करन ब्लोनकै रहेको छ । यस सिरियलमा ब्लोन अलराउण्डर भूमिकामा देखिएका छन्।

नेपाली टेलि सिरियल भाग्यरेखालाई भाद्र महिना देखि नियमित रुपमा दर्शकहरुको माझमा ल्याउने तयारीमा निमार्ण टिम रहेकाे छ । उक्त सिरियल बागमती अनलाइन टिभी बाट आउने छ भने समय र बार केहि समयपछि फिक्स गर्ने निर्माण टिमले जानकारी दिएको छ।

(ट्रेलर भिडियो)