नेपाली लोकदोहोरी क्षेत्रमा सबैले रुचाएको नाम हो : दिपेन थापा र रिया खड्का । उनीहरुले गाएको थुप्रैलाई दोहोरी गित दर्शक श्रोताहरुले रुचाएका पनि छन् । केही समयअघि मात्रै दिपेन र रिया एल्बमको रुपमा संग जोडिएर ‘तनहुँ जाने बाटोमा जामुने’ बोलको गीतमा पनि संगै सहकार्य गरेका थिए । अत्याधिक दर्शक श्रोताहरुको  माया पाएका दिपेन र रिया पछिल्लो समय एक सफल सांगीतिक जोडीका रुपमा पनि चिनिएका छन् ।

दोहोरी गायक दिपेन थापा र रिया खड्का लामो समयपछि मिडियामा  संगै आएका छन् । दिपेन थापाको भखरै मात्र नयं गित बजारमा आएको छ सोही अवसर पारेर दिपेन थापा र रिया खड्का मिडियामा भलाकुसारी गर्न जोडिएका छन् यसै सन्दर्भमा हामीले गरेको कुराकानी हेर्नुहोस् :

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । सोहि क्रममा लोक तथा दोहोरी गायक दिपेन थापाको नयाँ दोहोरी गित ‘माया जात्रै छ’ भखर्रै सार्वजनिक भएको छ । लोकप्रिय गायिका देवि घर्ति मगर र दिपेन थापाको आवाजमा सजिएको उक्त गितमा दोहोरी सर्जक एवम् गायक प्रकाश पराजुलीको उत्कृष्ट लय शब्द सृर्जना रहेको छ । धनि र गरिव विचको माया प्रेमको विषयबस्तु झल्काईएको उक्त गीतको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ ।

राजकुमार मगरको निर्देशनमा तयार भएको गितको म्युजिक भिडियोमा गायक दिपेन थापा स्वयम् आफैंले अभिनय गरेका छन् भने उनलाई मोडेल रोशनी कार्किले अभिनयमा साथ दिएकी छिन् ।

अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई प्रकाश खड्काको छायांकन एवम् राज कुमार मगरले सम्पादन गरेका छन् । गितको म्युजिक भिडियो अत्यन्तै रोचक  र लोभलाग्दो वनेको छ ।

राजकुमार फिल्मस् को पोष्ट प्रोडक्सनमा तयार पारिएको उक्त गितको म्युजिक भिडियो Dipan Thapa  को अफिसियल युटुव च्यानलबाट बजारमा सार्वजनिक भएको छ ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :