समीक्षा अधिकारी “कदमैको छायाँ” मार्फत फेरि उदाईन् (भिडियो सहित)

काठमाडौं । पछिल्लो समय सांगीतिक क्षेत्रमा एकपछी अर्को गीत गर्दै बजारमा आएका छन् । कतिपय कलाकारहरु त मौलिकतालाई बिर्सेर आफ्नो धरातल बिर्सेर बिकृतीजन्य गीत बजारमा ल्याएका हुन्छन् । पछिल्लो समय हिमाल घलेको नयाँ गीत “कदमैको छायाँ” सार्वजनिक भएको छ ।

लामो समय व्यक्तिगत समस्यामा झेलिएकी गायिका समीक्षा अधिकारीको पछिल्लो गीत “कदमैको छायाँ” मार्फत बजारमा उनी देखा परेकी हुन् । समीक्षा र हिमाल घलेको स्वर रहेको गीत “कदमैको छायाँ” धादिङ गोरखा तिरको मौलिक लोकशैलीलाई समेटर तयार गरिएको छ । आफ्नै गाउँको सेरोफेरो, ग्रामीण परिवेशसँगै जोडिएको मायाप्रेमपूर्ण गीतमा लोकप्रिय सर्जक रमेश बिजीको शब्द सृजना रहेको छ । तक्दिरमा नभए पनि दिल बसेको कुरालाई गीतमा समावेश गरिएको छ । गीतको एरेञ्ज भने सागर विरहीले गरेका हुन् । गीतको कोरस गायनमा भिमु गुरुङ, सागर विरही, विन्दा परियारले साथ दिएका छन् ।

उक्त गीतको भिडियोमा लोकप्रिय निर्देशक प्रकाश भट्टले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । गीतको सम्पादन विष्णु शर्माले गरेका छन् भने नवराज उप्रेतीको छायांकन रहेको छ । सो गीतको भिडियोमा सुधिर श्रेष्ठ र आश्विनी शाहीले फिचरिङ गरेका छन् । भिडियोलाई हिमाल घलेको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।

सोही गीतको भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुहोला ।