स्थापित भए विस्थापित : किन रोइस मंगले, आफ्नै ढङ्गले…

काठमाडौं महानगरमा बालेनको उदय हुँदा केशव स्थापित विस्थापित भएका छन्। २०५४ सालमा मेयर बनेर काठमाडौंमा बलियो प्रभाव छाडेका विस्थापित यसपाला चाहिँ आफ्नै बोलीले आलोचित भइरहेछ । अरुलाई होच्याउने उनको शैलीले उनलाई नउठ्नेगरी थच्यायो।

अपत्यारिलो हिसाबमा बालेनप्रति मानिसहरु आकर्षित भए। हावादारी योजनाबाट वाक्क भएकाहरुले स्थापितहरुका उट्पट्याङ शैलीलाई दुत्कारे। घमण्डको पारोलाई रित्याइदिए। स्थापितको घमण्ड एक्सप्रेस दुर्घटनामा पर्‍यो।