बालेनले पाएको प्रत्येक मतले मतदातालाई दासत्वमा बाँध्न खोज्ने नेताहरूका गाला रन्किने गरी थप्पड मार्यो !!

बालेनले पाएको प्रत्येक मतले मतदातालाई दासत्वमा बाँध्न खोज्ने नेताहरूका गाला रन्किने गरी थप्पड मारेको छ। बालेनले पाएको प्रत्येक मतले यथास्थितिको राजनीतिप्रति व्यापक असन्तोषको प्रतिविम्बन गरेको छ। बालेनले पाएको मतमा कांग्रेस,कम्युनिस्ट पार्टीप्रति असन्तोषको अभिव्यक्ति छ,तर यो नेगेटिभ होइन,यो विकल्पका लागि सकारात्मक मत हो। अब भविष्यमा मुख्य राजनैतिक दल र नेताहरु ले यो बालेन लाई राजधानी बासीले खऱ्याएको मतको समिक्षा गरी भविष्यमा सालीन ढंगले जन सरोकारको विषयमा संवोधन गरी अगाडी बढ्नु पर्दछ।हामी जित्यौं, म जिते,अरु हारे भनेर अबिर जागा गर्न जरुरी छैन।पाँच बर्ष अगाडी जितेका हरु अधिकांश यो चुनाबमा हारेका छन्।

आज जितेका पनि यथास्थितीमा परिवर्तन नगरी चल्ने हुन् भने पाँच बर्ष पछि हार्ने नै हुन् ।बस समय मात्र कुर्नु पर्ने हो,यि सब अविर जात्रा हेर्न। राजनिती गर्ने हरुलाई हेक्का भया समयमै !
स्नेहि – आर के त्रिपाठी –
लण्डन