NRNA जापान क्षेत्रीय समिति कान्तो र नवलपुर समाज जापानको संयुक्त पहलमा सहयोग हस्तान्तरण

जापानमा आफ्नै कोठामा मृत्यु भएको अवस्थामा भेटिएकी लक्ष्मी केसीले गत अप्रिल 3 तारिक आफैले मृत्यु रोजेकी थिईन् । अरुणखोला नवलपुर घर भई विद्यार्थी भिषामा जापान गएकी लक्ष्मी केसीको अप्रिल 10 तारिकका दिन टोकियोमा नै अत्येष्टी गरिएको थियो । करिव 25 बर्ष उमेर भएकी केसी 5 बर्षदेखी जापान बस्दै आएकी थिईन् ।

छिट्टै उनका श्रीमान विशाल लामा एवम् 7 बर्षिय छोरी नायोमी लामालाई जापान बोलाई सपरिवार बस्ने लक्ष्मिको योजना भएको परिवार स्रोतले बताएको थियो तर सुन्दर सपनाहरु सपनामै थाती राख्दै आफूले अप्रिय कदम चाली उनी सधैंका लागि बिदेशी भूमिमै बिलिन् भएकी थिईन ।

मृत्यु पश्चात मृतक केसीको अत्येष्टीको लागी भनेर NRNA जापान क्षेत्रीय समिति कान्तो र नवलपुर समाज जापानको संयुक्त पहलमा रकम संकलन गरिएको थियो । NRNA जापान क्षेत्रीय समिति कान्तो र नवलपुर समाज जापानको संयुक्त पहलमा 11 लाख 61 सय 75 जापनियन संकलन भएको थियो । केसीको अत्येष्टीको लागी 2 लाख 80 हजार जापनियन र उनको घरसम्म सामान पठाऊदाको खर्च 81 सय जापनियन गरी जम्मा 2 लाख 88 हजार 1 सय जापनियन खर्च भएको थियो ।

NRNA जापान क्षेत्रीय समिति कान्तो र नवलपुर समाज जापानको संयुक्त पहलमा उठेको रकममा खर्च कटाएर बचेको बाकि रकम 8 लाख 18 हजार 75 जापनियन (7 लाख 93 हजार 4 सय 20 नेपाली रुपैया) मृतक लक्ष्मी केसीको 7 बर्षिय छोरी नायोमी लामालाई आज एक भेटघाट कार्यक्रम मार्फत हस्तान्तरण गरिएको छ । हस्तान्तरण कार्यक्रममा नवलपुर समाज जापानका अध्यक्ष कृष्ण खरेल, उपाध्यक्ष बिष्णु शर्मा, संस्थापक अध्यक्ष केशव पौडेल, दोहोरी गायक दिपक खड्का र नायोमी लामाको बुवा विशाल लामाको उपस्थिती रहेको थियो । त्यस्तै नवलपुर समाज जापानका अध्यक्ष कृष्ण खरेल र उपाध्यक्ष बिष्णु शर्माले आफ्नो व्यक्तिगत तर्फबाट रु 25 / 25 हजार गरि 50 हजार पनि नायोमी लामालाई सहयोग गर्नु भएको छ ।

NRNA जापान क्षेत्रीय समिति कान्तो र नवलपुर समाज जापानको पहलमा उठेको रकममा खर्च कटाएर बचेको रकम र नवलपुर समाज जापानका अध्यक्ष र उपाध्यक्षले दिएको सहयोग रकम गरि जम्मा 8 लाख 43 हजार 8 सय 20 रुपैया नायोमी लामाको बुवा विशाल लामाको रोहोवरमा रहि नायोमी लामाको Nic Asia बैंकमा रहेको खातामा फिक्स डिपोजिटमा राखिएको छ ।received_751263412551921.jpeg

नेपाल जन्मभुमी भई जापान कर्मभुमि वनाएर बसोबास गर्दै आऊनु भएका नेपालीहरुले आफ्नो कमाईबाट केही रकम बचाएर सहयोग गर्दिनुभएकोमा सहयोगी व्यक्तिहरु, संघसस्थाहरु NRNA जापान क्षेत्रीय समिति कान्तो र नवलपुर समाज जापानले सहयोगी मनहरुमा हृर्दयदेखी नै आभार प्रकट गर्नुभएको छ ।00000.jpg