प्रतिक्षीत फिल्म ‘कबड्डी ४’ एड्भान्स बुकिङ खुल्यो, आफ्नो सिट सुरक्षित गर्दै दर्शक

काठमाडौं:

दयाहाङ राई र मिरुना मगर अभिनित प्रतिक्षित फिल्म ‘कबड्डी ४’ स् : फाइनल म्याच’को एड्भान्स बुकिङ खुल्ला भएको छ । फिल्मप्रति दर्शकमा देखिएको क्रेजलाई मध्यनजर गर्दै सोमवार दिउँसोबाट मल्टीप्लेक्सहरुमा बुकिङ खुल्ला गरिएको हो ।
ब्रान्ड फिल्मको सिरिज भएका कारण मल्टीप्लेक्सहरुले एड्भान्स बुकिङमै फिल्मलाई उल्लेख्य शो बाँडेका छन् । बुकिङ खुल्ला भएसँगै दर्शकहरुले आफ्नो सिट सुरक्षित गर्न थालिसकेका छन् ।नेपालको सबैभन्दा ठूलो क्यूएफएक्स चेनले देशभरका ११ वटा स्टेशनमा फिल्मलाई ८३ शो दिएको छ ।

रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङ राई र मिरुना मगर का अलवा सौगात मल्ल बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणी नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, सारदा अधिकारी लगायतका कलाकारको पनि मुख्य भुमिका रहेका छ ।

फिल्मको कथा निर्देशक गरुङ र उपेन्द्र सुब्बाले मिलेर लेखेका हुन् ।