‘देउवाको सरकार आएपछि भ्रष्टाचार अन्त्य भयो’-प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार आएपछि भ्रष्टाचार अन्त्य भएको बताएका छन् ।

पार्टी कार्यालय सानेपामा सोमबार पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन्।

केपी शर्मा ओलीले संविधानविरुद्ध शासन चलाए, कुशासन र भ्रष्टाचार गरेका थिए, उनले भने, सभापति देउवाको नेतृत्वमा सरकार आएपछि कोभिड १९ व्यवस्थापन भयो, भ्रष्टाचार पनि अन्त्य भयो।

उनले देउवाको सरकार आएपछि अन्तर्राष्ट्रिय सम्बन्ध पनि बलियो भएको बताए।

ओलीले पूरा समय पनि सरकार चलाउन सकेनन्। असफल भए, उनले भने, त्यसबेलाको शासन अति नै विवादित बन्यो। त्यसकारण पनि उहाँहरुप्रति वितृष्णा फैलियो। र, चुनाव पनि हार्नुभयो।

महतले एमाले एक्लै नलडेको बताए। उहाँहरुले एक्लै लड्यौँ भनिरहनु भएको छ। उहाँहरुले नौ दलसँग गठबन्धन गरेको हो, उनले भने, उहाँहरु एक्लै लडेको सत्य होइन।

त्यसैगरि देशभरीबाट स्वतन्त्र उमेदवारहरुको पक्षमा देखिएको जनमतको बारेमा नेपाली काग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले अनौठो प्रतिक्रिया दिएका छन् ।