गायिका समिक्षा अधिकारी भन्छिन् ‘जिन्दगी न मैले सोचे जस्तो तँ रहिस्,न तैँले सोचे जस्ती म नै रहेँ’

काठमाडौं :

गायिका सामाजिक सञ्जालमा पुनः सक्रिय हुन थालेकी छन् । पछिल्लो समय बेला बेला सामाजिक संजालमा स्टाटस लेखेर उनी पुनं सकृय हुन थालेकी हुन् । स्क्यान्डलमा परेपछि लामो समयसम्म मौन बसेकी उनले केही समय पहिले लेखेको एक स्टाटस पनि भााइरल बनेपछि पुन उक्त स्टाटस सच्याएकी थिइन् ।

केही दिन पहिले सामाजिक सञ्जालमार्फत घुमाउरो रुपमा आफ्ना भावना पोख्दै तिम्रोलागि मर्न पनि सक्छु मार्न पनि सक्छु’ भन्दै स्टाटस लेखेकी उनले आज सोमबार फेरी अर्को स्टटस लेखेकी छन् । हासिरहेको एउटा तस्विर सेयर गर्दै समिक्षाले लेखेकी छन् ‘जिन्दगी ,न मैले सोचे जस्तो तँ रहिस्,न तैँले सोचे जस्ती म नै रहेँ तर हामी एकसाथ जिइरहेछौँ ।’

उनको यो यो स्टाटसमा सबैले प्रतिकृया दिइरहेका छन् । उनको यो पोस्टमा नकरात्मक भन्दा सकरात्मक प्रतिकृया धेरै आइरहेका छन् ।