‘डिजास्टर’ भयो, अब माओवादीसँग गठबन्धन गरौँ : पृथ्वीसुब्बा गुरुङ

नेकपा एमालेले सबैभन्दा बलियो गढ मानिएको क्षेत्र गण्डकी प्रदेश हो।

गण्डकी प्रदेशको राजधानी पोखरालाई पनि एमालेको गढ नै मानिएको थियो। अहिले पोखरा महानगरपालिकाको मतगणना हुँदै गर्दा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले एमालेलाई पछि पारेसँगै एमालेभित्र तरंग उत्पन्न भएको छ।

एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीबीचको अन्तर्द्वन्द्वले गर्दा पोखरामा एमालेले हार व्यहोर्नुपरेको भन्नेखालको चर्चा अहिले पोखरामा व्यापक छ।

कुराकानीका क्रममा उपमहासचिव गुरुङले भने स्थानीय चुनावको यो परिणामले अब वाम गठबन्धनका लागि अवसर प्रदन गरेको बताए।

उनले वाम गठबन्धन अबको आवश्यकता रहेको बताए। खासगरी माओवादीसँग गठबन्धन बनाउने विषयमा पार्टीको केन्द्रीय बैठकमा छलफल चलाउनेसमेत एमाले उपमहासचिव गुरुङले संकेत गरे।