गाेरखामा जिसस गठनका लागि माओवादीसंग स्पष्ट बहुमत !

गाेरखा- जिल्ला समन्वय समिति (जिसस) गठनका लागि नेकपा माओवादी केन्द्र, गाेरखाले स्पष्ट बहुमत पाएको छ।

स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने जिससका लागि गाेरखाबाट ११ स्थानीय तहको नतिजा सार्वजनिक हुँदा जिसस निर्माणको लागि माओवादीकाे स्पस्ट बहुमत देखिएको हो।

माओवादीले नाैं स्थानीय तहमध्ये प्रमुख र छ उपप्रमुख हात पारेको छ भने नेपाली कांग्रेसले दुई पालिकामा प्रमुख र ५ उपप्रमुख जितेको छ। २०७४ काे निर्वाचनमा पछि कांग्रेसले गाेरखामा जिसस बनाएकाे थियाे ।

कुल २२ जना मतदाता रहेकाे जिसस गाेरखामा माओवादी केन्द्रसंग स्पस्ट बहुमत छ । नाै पालिका प्रमुख र ६ पालिका उपप्रमुख माओवादीसंग छ । कांग्रेससंग भने २ पालिका प्रमुख र ५ उपप्रमुख छ ।

जिससका लागि स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्यले उम्मेदवारी दिन पाउछन्। मत भने स्थानीय तह प्रमुख र उपप्रमुखले मात्रै दिन पाउने व्यवस्था छ।

माओवादी केन्द्रले कसलाई प्रमुख तथा उपप्रमुख बनाउँछ भन्ने नै तयारी नै गरेकाे थिएन । उसले गठबन्धन गर्नुपर्ने र जिसस आफ्नो भागमा आउने कुरा तयारी नै गरेको थिएन । त्यसकारण माओवादीले जिसस प्रमुख कसलाई बनाउने भन्नेमा अल्छन देखिएको छ ।

माओवादी केन्द्रका नेताका अनुसार बारपाक–सुलिकोट गाउँपालिका–४, सौरपानीका मोहन ढकाल, गोरखा नगरपालिका–९, का मोहन थापामगर, गण्डकी गाउँपालिकाका शिव रेग्मीलगायतले जिसस प्रमुखको दावी गरिरहेका छन् ।

जिल्ला पार्टीका अनुसार हाल छलफलकै बिषय भएकाले केहि पात्रका बिषयमा छलफल भए नि निचाेडमा नपुगिएकाे दावी छ ।