बिश्वभर कोरोनाको त्रास सकिए लगत्तै सुरु भयो नयाँ रोग मंकीपक्स , नेपालमा पनि फैलन सक्ने बिज्ञहरुको अनुमान

बिश्वभर कोरोनाको त्रास सकिए लगत्तै अर्काे एउटा नयाँ भा इरसको संक्रमण सुरु भएको छ । ‘मंकीपक्स’ नामको भा इरसको संक्रमण सुरु भएको हो । पश्चिम तथा मध्य अफ्रिकामा देखिएको ‘मंकीपक्स’ बेलायत, युरोप र अमेरिकाका १२ देशमा फैलिसकेको बिश्व स्वास्थ्य संगठनले पुष्टि गरेको छ । ८० भन्दा बढी व्यक्तिमा मंकीपक्स संक्रमण पुष्टि भईसकेको संगठनले जनाएको छ ।

अन्य ५० जनामा संक्रमण पुष्टि भएको आशंका गरी उनीहरुमा अनुसन्धान सुरु गरिएको छ । मंकीपक्स सबैभन्दा पहिला सन् १९५८ मा अनुसन्धानमा राखिएका बाँदरहरुमा देखा परेको थियो । त्यसको १२ बर्ष पछि सन् १९७० मा कंगोमा मंकीपक्स मानिसमा देखिएको थियो । पछिल्लो पटक सन् २०१९ मा सिंगापुरमा नाइजेरियाबाट आएका एक व्यक्तिमा ‘मंकीपक्स भाइरस’ पुष्टि भएको थियो ।

अहिलेसम्म युरोपका संयुक्त अधिराज्य, स्पेन, पोर्चुगल, जर्मनी, बेल्जियम, फ्रान्स, द नेदरल्यान्ड्स, इटली, स्वीडेन लगायतका देशमा ‘मंकीपक्स’ भाइरस देखा परेको छ । पछिल्लो समय बेलायतका संक्रमितको ‘ट्राभल हिस्ट्री’ नदेखिएकाले ‘मंकीपक्स’ समुदायस्तर सम्मै पुगिसकेको भन्ने विज्ञहरुको अनुमान रहेको छ । नेपालमा पनि यसको संक्रमण फैलिन सक्ने संक्रामक रोग विशेषज्ञहरुको भनाई छ ।