मेरो हार होइन राजनीतिमा उदय हो : प्रेम गुरुङ

जेठ ५ गोरखा । पालुङटार नगरपालिकामा जनता समाजवादी पार्टी नेपालको तर्फवाट मेयर पदको उम्मेदवार प्रेम गुरुङले आफु मेयरमा पराजित भएपछि आफ्ना सम्पुर्ण मतदाता शुभचिन्तक र सहयोगीमा हार्दिक आभार सहित धन्यवाद ब्यक्त गरेका छन् । पालुङटार नगरपालिकाको मेयरमा ने क पा माओवादी केन्द्रबाट ६०७२ मत सहित विवस चिन्तन बिजयी भएका छन् । जसपाका प्रेम गुरुङले ५७१७ प्राप्त गरेका छन् । उनि ३५५ मतले पछाडी परेका हुन् ।

उनले सामाजिक संजाल फेसबुक मार्फत लेख्छन : “यो मेरो हार होइन राजनीतिमा उदय हो। दुरदराजको कुनाबाट टिनको बाक्सा बोकेर जिन्दगीको उज्यालो खोज्दै यहाँ झरेको राजनीतिक र पारिवारिक बिरासत बिना शुन्यबाट यात्रा सुरु गरेको एउटा गुरुङको छोरालाई यति धेरै माया र बिश्वास गर्नु भयो यो नै मेरो जित र अगाडि बड्ने प्रेरणा हो।

भबिस्यमा भन्दा बर्तमानको क्षणिकतामा मात्र रमाउने नेपाली राजनीतिमा झण्डाको अगाडि एजेन्डाको हारको निरन्तर स्वभाबिक प्रक्रियाको रुपमा यो नतिजालाई लिएको छु। राजनीतिक संस्कार र चुनावी अभ्यास परिवर्तन भएको छैन भन्ने प्रमाण हो यो । सपना, आश्वासन र पैसामा भन्दा इमानदारीतामा बिश्वास थियो,छ र रहने छ।

कायर भएर भाग्ने छैन अझै प्रतिबद्ध भएर हजुरहरु समक्ष गरेका प्रतिबद्धताहरु र यो माटोमा मैले देखेका सपनाहरु पूरा गर्न राजनीतिक र सामाजि क मोर्चामा आजै देखि डटेर निरन्तर लाग्ने छु। कोखमा दारा पलाएका मित्रजनप्रती सादुबाद। प्रतिस्पर्धी मित्रहरू प्रती आभारका साथमा सहकार्यको अपेक्षा ।
र अन्त्यमा चुनावी अभियानमा दिनरात घाम पानी भोक निन्द्रा नभनी मलाई सहयोग गर्ने मेरा अग्रज,साथिभाइ र शुभचिन्तकहरुको गुण चितासम्म सम्झिरहने छु।”