सुर्य थापा खनिए प्रचण्ड नेपालमाथि : कांग्रेसको कृपामा केही सिट जितेर प्रतिपक्षविरुद्ध गठबन्धन गरेर बाघ मार्यौं भन्ने

काठमाडौंको ८ जेठ । नेकपा एमालेका नेता सूर्य थापाले स्थानीय तहको निर्वाचनमा जनमतको हिसाबले नेकपा एमाले कमजोर नभएको दावी गरेका छन् ।

जनताले सबभन्दा बढी भोट एमालेलाई नै दिएको दावी गरेका उनले एमालेको कन्तबिजोग, हरिबिजोग, ऋषिबिजोग केही पनि नभएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्क )एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’मा सहभागी भएका थापाले ५ दलले गठबन्धनलाई कसिलो बनाएकाले केही ठाउँमा आफ्नो हार भएको बताएका छन् ।

उनले भने, ‘अहिले पनि नेकपा एमालेलाई ५० लाख जनताले मतदान गरेका छन् । यो मतादेश, जनादेशलाई सम्मान गरेर केपीले देशको नेतृत्व गर्ने हो । कतिपयले केपी ओलीले छाडिदिए हुन्थ्यो भन्ने इच्छा गरेका होलान् । उहाँले छाडे हाइसन्चो होला, कब्जा गरौंला भन्ने दिवास्वप्न देख्नुहुन्न ।’

कार्यक्रममा उनले नेकपा एमालेलाई प्रचण्ड र माधव नेपालको आवश्यकता नभएको पुष्टि गर्दै उनले प्रचण्डको पुच्छर समाएर बैतरणी हुँदैन भन्नेमा नेकपा एमाले प्रस्ष्ट भइसकेको बताएका छन् ।

माधव र प्रचण्डले स्वर्ग जान नर्कको टिकट काटेको टिप्पणी गरेका उनले प्रधानमन्त्री शेरबहादुर देउवाको हुक्के, बैठके भएर कांग्रेसको कृपामा केही सिट जितेर प्रतिपक्षविरुद्ध गठबन्धन गरेर बाघ मार्यौं भन्नु गलत भएको बताएका छन् ।