दुर्घटनामा घाइतेहरूकाे अवस्था बुझ्न नवनिर्वाचित मेयर हस्पिटल पुगे

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ९ धुवाँकाेटस्थित छरछरेबाट लुम्बिनी भ्रमण गरी फर्कने क्रममा दाउन्ने नजिकै दुर्घटनामा परी घाइते भएकाहरूकाे अवस्था बुझ्न नवनिर्वाचित मेयर बिबश चिन्तन अस्पताल पुगेका छन् ।

दुर्घटनामा परी छरछरेका २२ भन्दा बढी घाइते भएका थिए । घाइतेहरूकाे लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेकाे छ । अस्पतालमा पुगी घाइतेहरूकाे अवस्था बुझ्दै अाफूले सक्दाे सहयाेग गर्ने समेत बताउनुभयाे । साे क्रममा अाफू निकै दुखी भएकाे बताउनुभयाे ।