काठमाडौंमा बालेन कुदेको कुदै, स्थापित र सिंहबीच दोस्रो बन्ने होड

काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मतगणनामा बालेन शाहले ३८ हजार ३३३ मत ल्याएर सबैलाई उछिनेका छन् । १२ वडाको मतगणना सकिँदा बालेनले १७ हजार मतले अग्रता लिइरहेका छन् । उनलाई कांग्रेसकी सिर्जना सिंहले २१ हजार २२९ मत ल्याएर चुनौती दिन खोजे पनि त्यो निकै कमजोर बनेको छ । एमाले उम्मेदवार केशव स्थापितले २१ हजार ८ मत प्राप्त गरेका छन् ।
१३ वडाको नतिजा आउँदा एमालेले ७ वटा वडा जितेको छ । कांग्रेसले ६ वटा वडा जितेको छ । एमालेले १, २, ३, ४, ५, ३१, ३२ वडा जितेको छ । कांग्रेसले ६, ८, २७, २८, २९, ३० वडामा जित हात पारेको छ ।