घुम्दै फिर्दै एमाले-माओवादी फेरि मिल्दै, प्रचण्ड प्रधानमन्त्री !

केही बर्षअघि नेपालका २ ठूला राजनीतिक दलहरु एक सुत्रमा बाधिएपछि दक्षिण एसियाकै ठूलो कम्युनिष्ट पार्टीका रुपमा स्थापित भए । जसले कम्युनिष्ट राष्ट्रलाई खुसी दियो तर एकता लामो समय टिकेन ।

माओवादी केन्द्र र एमालेबीच एकता भएको २०७५ जेठ ३ गतेपछि २०७८ सम्म मात्र २ दल शान्तीसाथ रहन सके । २०७८ मै नेपाल कम्युनिष्ट पार्टी खोसिएर दुवै दल पुरानै हैसियतमा आए ।

अहिले स्थानीय तहको निर्वाचनको परिणाम आउने क्रम जारी छ । यसपटकको निर्वाचनमा नेपाली कांग्रेस पहिलो दल बनेको छ । दोस्रोमा एमाले र तेस्रोमा नेकपा (माओवादी केन्द्र) रहेको छ । स्थानीय तहको निर्वाचनको पूरा परिणाम नआउँदै सत्ता गठबन्धन भत्किन लागेको चर्चा पनि सुरु भएको छ ।

अहिलेको निर्वाचनको परिणामबाट माओवादी केन्द्र उत्साही बनेको छ । उसले ०७४ को निर्वाचनभन्दा आफूलाई सुधारमात्रै गरेन, देशको सत्ता राजनीतिको निर्णायक शक्तिको रुमा पनि स्थापित गरेको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरुले स्थानीय तहको निर्वाचनको परिणाम सुखद् रहेको प्रतिक्रिया दिईरहेका छन् ।

तर, एकीकृत समाजवादी र जनता समाजवादीका केही नेताहरुले भने नेपाली कांग्रेस र माओवादी केन्द्रले चुनावमा इमानदारिता नदेखाएको गुनासो भने गरेका छन् । एमालेले भने यसपटकको निर्वाचनमा ६ वटै महानगर गुमाउने अवस्था छ । आगामी मंसिरसम्म संघ र प्रदेशको निर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधान छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भने अहिले नै प्रधानमन्त्री बन्ने अफर आएको चर्चा पनि चलेको छ। एमालेको नेतृत्व तहबाट नै दाहाललाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको माओवादी केन्द्रनिकट उच्च स्रोतको दाबी छ । तर, दाहालले भने एमाले नेतृत्वलाई आफू प्रधानमन्त्री बन्नकै लागि अहिलेको गठबन्धन तोड्ने पक्षमा नरहेको जवाफ दिएका छन् ।

उनले पाँच दलीय गठबन्धन भत्काउनको लागि अहिले षड्यन्त्र भैरहेको पनि टिप्पणी गर्ने गरेका छन् । स्थानीय तहको निर्वाचन सुरु नहुँदै कांग्रेसका शीर्ष नेताहरुले पनि दाहाललाई यो गठबन्धन कायम रहन्छ कि रहँदैन ? कतै कांग्रेसलाई धोका दिने हो कि ? भन्दै गठबन्धनको भविष्यबारे सुनिश्चितता खोजेका थिए ।

भरतपुरमा आयोजित चुनावी सभामा कांग्रेसका नेताहरुले दाहालसामू यस्तो प्रश्न गरेका थिए । त्यतिखेर पनि दाहालले आफू गठबन्धनप्रति ईमानदार बनेको भन्दै विश्वास गर्न आग्रह गरेका थिए ।

अहिले एमाले नेतृत्वबाट दाहाललाई संघको चुनाव गराउनेगरि प्रधानमन्त्री बन्न प्रस्ताव आएपनि दाहाल भने गठबन्धन तोडेर त्यस्तो प्रस्ताव स्विकार गर्ने पक्षमा छैनन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा तीनै तहको निर्वाचन हुने दाबी गर्दै आएका छन् ।