गोरखाको धुवाकोटबाट आमा समूहलाई लिएर घुम्न गएको बस दाउन्नेमा दुर्घटना ग्रस्त

गोरखा,७ जेठ । गोरखाको धुवाकोटबाट आमा समूहलाई लिएर घुम्न गएको बस फर्किने क्रममा दुर्घटनामा परेको छ । शनिबार दिउसो बुटवलबाट गोरखा तर्फ आउदै गरेको ग. १ ख ५८९२ नम्बरको बस बर्दघाट नगरपालिका ४ को दाउन्ने उकालोमा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय दाउन्नेले जानकारी दिएको हो ।

दुर्घटनामा परी बसमा सवार सबै घाईते भएका छन् । दुर्घटनामा परेकाहरुका उद्वार कार्य जारी रहेको र उद्वार गरिएका सबैलाई बर्दघाट स्थित रहेको चिसापानी सामुदायिक अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कोही पनि हताहती नभएता पनि के कती जनालाई कस्तो चोट लागेको हो भन्ने बारेमा विस्तृत विवरण आउन बाँकी रहेको छ ।

बस सडकबाट ३० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.