मेयर पदका स्वतन्त्र उम्मेदवार बनेका बालेन शाहले अग्रस्थान लिइरहदा दीपकराज गिरी खुशी


काठमाडौं-काठमाडौं महानगरको प्रमुख ९मेयर० पदमा स्वतन्त्र (लौरो छाप) उम्मेदवार बनेका बालेन शाहले जारी मतगणनामा अग्रता लिइरहँदा कलाकार दीपकराज गिरी उत्साहित बनेका छन् ।

शनिबार बिहान गिरीले सामाजिक सञ्जालमा लेख्दै खुशी व्यक्त गरेका छन् । उनले लेखेका छन् अन्ततः बालेनले काठमाण्डुमा स्थापित भएर नयाँ विचारको सृजना गर्ने सम्भावना बढिरहेछ।’
शाहले अहिले सम्म ३३ हजार ६२४ मतका साथ अग्रस्थानमा छन्।

एमालेका उम्मेदवार केशव स्थापित १८ हजार १८९ मतका साथ उनलाई पछ्याइरहेका छन्।