‘कोरसिटी’ अपडेटः नयाँ वडामा पनि स्थापितले उछिने सबैलाई, बालेनको अवस्था के छ ?

काठमाडौं । काठमाडौं महानगरपालिकाको २४ नम्बर वडाको मतगणना भइरहेको छ । अहिलेसम्म उक्त वडाको ६ सय मत गन्दा स्वतन्त्र उम्मेदवार बालेन साहले ११६, एमालेका केशव स्थापितले १५३ र कांग्रेसकी सिर्जना सिंहले ११६ मत पाए का छन् ।

वडा नम्बर २४ ‘कोरसिट’ अन्तरगत पर्छ । कोरसिटी भनिएका वडाहरुमा बालेन र केशव स्थापितबीच प्रतिस्पर्धा छ । यस्तै यता ६ महानगरमध्ये पहिलोपटक विराटनगरको नतिजा सार्वजनिक भएको छ ।

नतिजाअनुसार नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला भारी मतान्तरले विजयी भएका छन् । कोइरालाले ३०, १७० मत पाए भने उनको प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सागर थापाले २१, ४५५ प्राप्त गरेका छन् ।

त्यस्तै उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार शिल्पा कार्की अत्यधिक मतका साथ विजयी भएकी छन् । कार्कीले २५, ६८० मत ल्याउँदा प्रतिस्पर्धी जसपाका अमरेन्द्र यादवले १४, २१९ मत पाए ।