वडा न. २५ र २७ मा झन् झन् अग्रता बढाउँदै स्थापित, बालेन तेस्रो

काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएदेखि नै अग्रता लिएका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह पछिल्लो पटक गणना भएका दुईवटा वडामा भने पछि परेका छन्। शाह नेकपा एमालेका उम्मेदवार केशव स्थापितभन्दा झण्डै दोब्बर मतले पछाडि परेका हुन्।
शुक्रबार दिउँसो २ बजेपछि सार्वजनिक भएको मत परिणामअनुसार उनी वडा नम्बर २५ र २७ मा स्थापितभन्दा झण्डै दोब्बर मतले पछि परेका हुन्। वडा नम्बर २५ मा साहले ४२ मत ल्याउँदा स्थापितले ७९ मत पाएका छन्। यस्तै उनले २७ नम्बर वडामा २४५ मत प्राप्त गर्दा स्थापितले ४७७ मत ल्याएका छन्। नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २५ नम्बर वडामा ४१ र २७ नम्बर वडामा ३२८ मत प्राप्त गरेकी छन्। २७ मा उनले स्वतन्त्र उम्मेदवार साहलाई पछाडि पारेकी छन्। काठमाडौँमा ७६ हजार १७१ मत गणना भएको छ। अहिले वडा नम्बर ६, ७, ८, ९, २५, २६, २७, २९ र ३१ मा गणना भइरहेको छ।

आधारभूत सुुविधा सबल बनाउने गरी बजेट ल्याउन सांसदको सुझाव
काठमाडौँ, ६ जेठ । सांसदहरुले आगामी बजेटमा जनताका आधारभूत सुविधालाई सबल र सर्वसाधारणको सहज पुहँच पुग्ने गरी कार्यक्रम ल्याउन सुझाव दिनुभएको छ ।प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उहाँहरुले मुलुकको वर्तमान आर्थिक सङ्कटलाई मध्यनजर गरी बजेटमा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।

छलफलमा सहभागी सांसद देवप्रसाद तिमिल्सिनाले कडा र जटिल रोगका उपचारका लागि सर्वसाधारण जनतालाई सहज सुविधा प्रदान गर्नुपर्ने व्यवस्था गर्न माग गर्नुभयो । उहाँले द्रुत मार्ग समयमै निर्माण गरेमात्र देशले फड्को मार्ने बताउँदै किसानलाई दिने भनिएको सहुलियत टाठाबाठाले पाउने गरेका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद यज्ञराज सुनुवारले मुलुकको अर्थतन्त्र सङ्कटमा परेको विषयलाई आफ्नो पार्टीले गम्भीररुपमा लिएर दायित्व बोध गर्दै संसद्को अवरोध एकतर्फीरुपमा हटाई सङ्घर्षको स्वरुप परिवर्तन गरेको बताउनुभयो । उहाँले संसद्मा जारी यो छलफल औपचारिकताका लागि मात्र नहोस् भन्दै सांसदले उठाएका विषयलाई बजेटमा समेट्नुपर्ने बताउनुभयो ।

सांसद छक्कबहादुर लामाले कृषि, ग्रामीण विकास र पिछडिएका क्षेत्रलाई आगामी बजेटमा प्राथमिकतामा राख्न सुझाव दिँदै समाजिक न्यायको क्षेत्रमा न्यायोचित वितरणमा ध्यान दिन आग्रह गर्नुभयो । सांसद मीना सुब्बाले किसानलाई समयमै बीउबिजन, मलखादको व्यवस्था तथा अन्य सुविधा प्रदान गर्नसके मुलुक खाद्यान्नमा आत्मनिर्भर हुने धारणा व्यक्त गर्नुभयो । स्वास्थ्य, शिक्षा क्षेत्रमा बजेट बढाउन माग गर्दै उहाँले सांसदका सुझाव कार्यान्वयन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

सांसद खेमप्रसाद लोहनीले आगामी आवको विधेयकका सिद्धान्त र प्राथमिकता राम्रो भएको उल्लेख गर्दै कार्यान्वयन पक्ष प्रभावकारी बनाउन सुझाव दिनुभयो । उहाँले बजेटमा कृषिलाई आत्मनिर्भर बनाउन र शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सुविधालाई सर्वसुलभ बनाउने कार्यक्रम ल्याउन सुझाव दिनुभयो ।