पालुङ्टार हारेपछि डा.बाबुराम भट्टराईको छटपटीः मोडेल नगरपालिका बनाउन खोजेको थिएँ, सफल भईन

काठमाडौं / जनता समानवादी पार्टी (जसपा) का संघीय अध्यक्ष बाबुराम भट्टराईको गृह नगर गोरखाको पालुङटार नगरपालिकाको माओवादी केन्द्र विजयी भएपछि सामाजिक सञ्जालमा आफ्नो छटपटी पोखेका छन् ।

निर्वाचन परिणाम देखेर गम्भिर ध्यानाकर्षण भएको बताउँदै डा. भट्टराईले भने, जसपाले मेयरमा झिनो मतले हारे पनि जनताले दिएको विश्वास र मायाप्रति कृतज्ञ छु ।’

माओवादी केन्द्रका उम्मेदवार मेयर विवश चिन्तन ६ हजार ७२ मतसहित निर्वाचित भएका हुन् । गोरखका जिल्लामा माओबादी केन्द्रले लाल किल्ला गाढेको छ । अधिकांश पालिकाहरु जित्न सफल भएको छ । गठबन्धन नगरेको फाइदा गोरखामा माओबादीले भरपुर उठाएको छ । माओवादीले प्रमुख जितेर उपप्रमुख पनि जोगाउन सफल भएको छ ।

पूर्वप्रधानमन्त्री डा. भट्टराईको टिप्पण पालुङ्टार नगरपालिका माओबादी केन्द्रको पोल्टामा पुगेपछि आएको अभिब्यक्ति हो ।

उनले पालुङ्टार नगरपालिकालाई नमुना पालिका बनाउन खोजेको तर असफल भएको स्वीकारेका छन् । जनताको मतको कदर गर्दै कसैसँग गुनासो नभएको बताएका छन् । उनले सबैदलहरुको सहभागितामा नमुना बनाउन खोजेको उल्लेख गरेका छन् ।

माओवादीले जसपा र एमालेबीच तालमेलका बीच पालुङटार हात पारेको हो । काँग्रेससँगको तालमेल भाँडिएपछि पालुङटारमा जसपाले मेयर र एमालेले उपमेयर लिने गरी तालमेल भएको थियो । जसपासँगको तालमेल भत्काउन काँग्रेस लागि पनि घातक भएको छ । २०७४ मा काँग्रेसले जितेको प्रमुख पद माओवादीले खोसेको छ ।

उनका निकटतम प्रतिस्पर्धी जसपाका प्रेमबहादुर गुरुङले ५ हजार ७ सय १७ मत मा ल्याए । यस्तै उपमेयरमा पनि माओवादी केन्द्रकी बन्दना पाण्डेले ५ हजार ५ सय ७९ मतसहित निर्वाचित भएकी छिन् ।
उनले निकटतम प्रतिस्पर्धी काँग्रेस उम्मेदवार चेतकुमारी श्रेष्ठलाई पराजित गरेकी हुन् । श्रेष्ठले ५ हजार ७७ मत पाइन् ।