बालेन शाहलाई मतगणनास्थल नो इन्ट्री भनिएपछि…

काठमाडौँ । अहिले काठमाडौं महानगरको मेयरका प्रत्यासी बालेन शाह अहिले रफ्तारमा अगाडी बढिरहेका छन् । उनको चर्चा देश तथा विदेशमा चुलिएको छ । उनले मेयर जित्ने प्रबल सम्भावना समेत देखिएको छ । यसैबीच, बालेन अहिले छिमेकी महानगर र नगरको दौडधुपमा छन् ।

काठमाडौँ महानगरपालिकाको मतगणना राष्ट्रिय सभागृहमा जारी रहँदा अग्रस्थानमा रहेका स्वतन्त्र उम्मेदवार बालेन साह आज (बुधबार) ललितपुरको मतगणना स्थल पुगे । एक स्वतन्त्र उम्मेदवारको प्रतिनिधिका रुपमा मतगणनामा बस्न गएका बालेन त्यसका लागि अनुमति नपाएपछि फर्किएका छन् ।

ललितपुर महानगरको मतगणना स्थल जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा बालेन केही साथीहरुसहित गएका थिए । त्यहाँ निर्वाचन आयोगका प्रतिनिधिहरुसँग कुरा गर्दा अर्को नगरको व्यक्तिले प्रतिनिधि बस्न नपाइने जानकारी उनले पाए ।

ललितपुरको वडा नम्बर १० बाट स्वतन्त्र उम्मेदवारी दिएका नरसिंह व्यञ्जनकार बालेनका राजनीतिक गुरु हुन् । व्यञ्जनकारले पञ्चायतकालदेखि निरन्तर हरेक चुनावमा भाग लिएर वडाध्यक्ष जित्दै आएका छन् ।