पालुङटार ४ काे वडा अध्यक्षमा माओवादी केन्द्रवाट पाैडेल विजयी

गोरखा । पालुम्टार नगरपालिका वडा नम्बर ४ काे वडा अध्यक्ष सहित माओवादी केन्द्रको प्यानल नै बिजयी भएको छ ।

वडाध्यक्षमा माओवादी केन्द्रबाट उम्मेदवार बनेका मान बहादुर पाैडेल विजयी बनेका हुन् । उनी ६ सय ३५ मत ल्याएर विजयी भएका हुन ।

पाैडेल एक समाजसेवी हुनुका साथै उनले थुप्रै सामाजिक काम गरेर समाजमा सम्पूर्ण जनताकाे मन मनमा बस्न सफल सालिन र कुशल व्यक्तित्वका धनि व्यक्ति हुन ।

उनी स्थानीय जनता विच निकै नै लाेकप्रिय रहेका छन् र त्यस क्षेत्रमा उनलाई विपक्षीहरुले पनि अत्यन्तै सालिन, भद्र, जनताकाे समस्या बुझ्न सक्ने नेतृत्वकाे रुपमा हेर्ने गरेकाे पाइन्छ ।

पाैडेल लकडाउनकाे समयमा पनि समाजमा थुप्रै सामाजिक काम गरेर नगरकै चर्चित हुनुका साथै सामाजिक क्षेत्रका निकै अग्रसर छन् ।