कांग्रेस कार्यकर्ताले च्याते मतपत्र

काठमाडौं, २ जेठ । ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–३ मा नेपाली कांग्रेसका कार्यकर्ताले मतपत्र च्यातेका छन् ।

मत गणनाको नतिजामा वडाअध्यक्षका उम्मेदवारको बराबर परिणाम आएपछि पुनः गणना गर्ने क्रममा कांग्रेस कार्यकर्ताले मतपत्र च्यातेका हुन् ।

सोही क्रममा विवाद भएको थियो। मतपत्र च्यात्न खोजेको आरोपमा नेपाली कांग्रेसका तीन जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले मतपत्र च्यात्न खोज्ने तीन जनालाई पक्राउ गरिएको बताए। मतगणना स्थलमा अहिले नेपाली सेना पनि खटाइएको छ।